फागुन ३ पर्सा, २०७२
साग अन्तर्गत फुटबलमा नेपालले भारतलाई पराजित गर्दै तेस्रो पटक साग च्याम्पियन बनेको छ ।
नेपालका लागि खेलको ६५औं मिनेटमा प्रकाश बुढाथोकी र ७१ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गरेका थिए । खेलमा नवयुगले सात गोल गर्दै सर्वाधिक गोल कर्ता समेत बनेका छन् ।
पहिलो हाफमा १ गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै नेपाल विजयी भए । यसअघि नेपालले सन् १९८४ र १९९३ मा पनि साग जितेको थियो ।
खेलको ३१औं मिनेटमा पेनाल्टी पाएपछि भारतले गोल गरेको थियो । नेपालका सवै खेलाडीलाई एन्फाले आजीवन ५ हजार पेन्सन दिने भएको छ ।
सेमी फाइनलमा ४–३ गोल अन्तरले माल्दिभ्सलाई पराजित गरेको नेपालले समूह चरणमा भुटानलाई ५–० र बङ्गलादेशलाई ३–२ गोल अन्तरले पराजित गरेको थियो ।
यो उपाधिसँगै नेपालको ३ वटा स्वर्ण हात पारेको छ ।