फागुन ८ पर्सा २०७२
मेरो समय ।
नेपाली सेना बरख गण श्रीपुर वीरगंजले आज नेपाल राष्ट्रिय प्राथमिक विद्यालय परवानिपुरमा वृहत निःशुल्क स्वस्थ्य शिविर समपन्न गरेको छ ।
 |
विरामीको दर्ता गर्दै नेपाली सेनाका जवानहरु । |
भुकम्प र मधेश बन्दको पहिलो पटक आयोजना गरेको निःशुल्क स्वस्थ्य शिविरमा १५ सय भन्दा बढी विरामीले लाभ लिएका छन् ।
नेपाली सेनाले आफ्नो समाजिक उतरदायित्वको लागि यस कार्यक्रमको आयोजना गरेको नेपाली सेना बरख गणका गणपति प्रमुख सेनानी नारायण बहादुर थापाले जनकारी दिए । शिविरमा खासगरी आखाँ, बालरोग, गाईनो लगायतको विरामीहरुले व्यापक रुपमा शिविरको लाभ लिएको प्रमुख सेनानी थापाले जनकारी गराउनु भएको छ ।
 |
शिविरमा चेकजाँच गराउदै विरामी । |
खासगरी मधेश बन्दका बेला बढी टायर बालेको, धुलो धुवाले गर्दा आखाँ रोगका विरामीहरुको घुइचो लागेको केडिया आखा अस्पतालका प्रशासक प्रकाश बर्माले बताए । उनले भने सहभागि मध्ये सबै उपचारपछि निको हुने रोगीहरु छन् बढी त उमेर पुगि सकेका वृद्धहरु समेत रहेका छन् ।
 |
औषधी उपचारका लागि लाम लागेका सर्वसधारण । |
यसैगरी शिविरमा उपचार गराउन आएका महिलाहरुमा खासगरी पाठेघरको इन्फेक्सन, आखा, घुडा, पेट दुख्ने लगायतको विरामीहरु उपचार गराउन आएका नरायणी उपक्षेत्रिय अस्पतालकी डक्टर लक्ष्मी थापा गुप्ताले बताईन् ।
 |
औषधी उपचारका लागि लाम लागेका सर्वसधारण । |
शिविरमा हिड्न नसकेर आफ्नो ६ वर्षिय छोराको उपचार गराउन आएकी ममता देवीले यस्तो शिविरले हामीलाई धेरै राहत पुगेको बताएकी छिन् ।
 |
निशुल्क औषधी वितरण गर्दै नेपाली सेनाका जवान तथा चिकित्सकहरु । |
वर्षमा एक दुई पटक यस्तो शिविर आयोजना भए उपचार गराउन नपाएका र अर्थ अभावका कारण अस्पताल सम्म जान नसकेका वृद्धहरुलाई समेत यस शिविरले फाईदा दिएको हो ।
 |
औषधी उपचारका लागि लाम लागेका सर्वसधारण । |
शिविरमा नरायणी उप–क्षेत्रिय अस्पतालका चिकित्सकहरु फिजिसियनको डा.निरज सिंह, हाडजोर्निको डा. विरेन्द्र यादव, सर्जनको डा. मनोज गुप्ता, अर्थोको डा. शैलेश ठाकुर, बालरोगको डा. शाश्वत प्रसाद, गाईनोको डा. लक्ष्मी थापा र आखाँको डा. महेश यादव लगायत नेपाली सेना विरेन्द्र अस्पताल काठमाडौँबाट आएका चिकित्सकको टोलिले विरामीहरुको उपचार गरेका थिए ।
 |
निशुल्क औषधी वितरण गर्दै नेपाली सेनाका जवान तथा चिकित्सकहरु । |
कार्यक्रममा वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाईले व्यवस्थापनको भुमिका निर्वाह गरेका थिए ।