Mero Samay

  • Latest News

      Feb 2, 2016

      उहिले र अहिलेका टिनेजर

      अप्सरा आचार्य

      उहिलेका टिनेजरहरु लोकभाका गाउँथे
      चियापसल चौतारीमै माया प्रिति लाउँथे
      दुई चार कोश हिडेरै स्कुल कलेज जान्थे
      चिउरा भुजा मकै भटमास जे भेटे नि खान्थे

      अहिलेका टिनेजरहरु मस्त र्यापमा रमाउँछन्
      माया प्रीति खोज्न पनि फेसबुक नै समाउँछन्
      मोटर गाडि बाइक चढी स्कुल कलेज जान्छन
      नुडल्स बर्गर पिज्जा अनि कोक फन्टा खान्छन्

      उहिलेका टिनेजरहरु बा आमा भनि बोलाउँथे
      मायालुका कुरा गर्न बा आमासँग लजाउँथे
      प्रेमप्रत्र लुकाई लुकाई ट्याङकाभित्र राख्थे
      मायालुलाई पाउँ भनि देवी देउता भाक्थे

      अहिलेका टिनेजरहरु ड्याड मम् भनि बोलाउँछन्
      मायालुकै कुरा गरी ड्याड मम् लाई भुलाउँछन्
      फेसबुकका भित्ताहरुमा प्रेम प्रत्र लेख्छन
      बार क्लब रेष्टुरेन्टमा मायालुलाई भेट्छन्

      उहिलेका टिनेजरहरुको पहिरन नै बेग्लै
      लगाएका लुगाहरु हुन्थे सबै सग्लै
      न इन्टरनेट थियो  न त मोबाइल हातमा
      न थियो आइप्याड हजुर न त हेडफोन कानमा

      अहिलेका टिनेजरको हेर्न लायक गेटअप
      टालेफाटेका लुगा लगाउँछन गर्छन छिनमै ब्रेकअप
      झुन्डिरहन्छन वाईफाईमा चौबिसै घन्टा
      न त घरको टेन्सन हजुर न त कामको टन्टा

      दोष न अहिलेको न उहिलेको हजुर
      समय र परिस्थितिसँग चल्नै पर्छ जरुर
      भाई बहिनी नमान है दुखः कसैले नि रति
                                     जो देखे भोगे सुने लेखे जाने जति । By Onlinekhabar.com
      अप्सरा आचार्य
      उहिलेका टिनेजरहरु लोकभाका गाउँथे
      चियापसल चौतारीमै माया प्रिति लाउँथे
      दुई चार कोश हिडेरै स्कुल कलेज जान्थे
      चिउरा भुजा मकै भटमास जे भेटे नि खान्थे
      अहिलेका टिनेजरहरु मस्त र्यापमा रमाउँछन्
      माया प्रीति खोज्न पनि फेसबुक नै समाउँछन्
      मोटर गाडि बाइक चढी स्कुल कलेज जान्छन
      नुडल्स बर्गर पिज्जा अनि कोक फन्टा खान्छन्
      उहिलेका टिनेजरहरु बा आमा भनि बोलाउँथे
      मायालुका कुरा गर्न बा आमासँग लजाउँथे
      प्रेमप्रत्र लुकाई लुकाई ट्याङकाभित्र राख्थे
      मायालुलाई पाउँ भनि देवी देउता भाक्थे
      अहिलेका टिनेजरहरु ड्याड मम् भनि बोलाउँछन्
      मायालुकै कुरा गरी ड्याड मम् लाई भुलाउँछन्
      फेसबुकका भित्ताहरुमा प्रेम प्रत्र लेख्छन
      बार क्लब रेष्टुरेन्टमा मायालुलाई भेट्छन्
      उहिलेका टिनेजरहरुको पहिरन नै बेग्लै
      लगाएका लुगाहरु हुन्थे सबै सग्लै
      न इन्टरनेट थियो  न त मोबाइल हातमा
      न थियो आइप्याड हजुर न त हेडफोन कानमा
      अहिलेका टिनेजरको हेर्न लायक गेटअप
      टालेफाटेका लुगा लगाउँछन गर्छन छिनमै ब्रेकअप
      झुन्डिरहन्छन वाईफाईमा चौबिसै घन्टा
      न त घरको टेन्सन हजुर न त कामको टन्टा
      दोष न अहिलेको न उहिलेको हजुर
      समय र परिस्थितिसँग चल्नै पर्छ जरुर
      भाई बहिनी नमान है दुखः कसैले नि रति
      जो देखे भोगे सुने लेखे जाने जति ।
      - See more at: http://www.onlinekhabar.com/2016/02/382859/#sthash.7SKfTD05.dpuf
      • Blogger Comments
      • Facebook Comments
      Item Reviewed: उहिले र अहिलेका टिनेजर Rating: 5 Reviewed By: Mero samay