
किन लगाइन्छ सिन्दुर ?
सदियौंदेखि विवाहिता हिन्दु महिला सिउँदोमा सिन्दुर लगाउँदैं आएका छन् । सिन्दुर शिरलाई दुई भाग पारेर बीचौ हिस्सामा लगाइन्छ ।
यस विन्दुलाई महत्वपूर्ण र संवेदनशील मानिन्छ । यस ठाउँमा सिन्दुर लगाउनाले सधैं सर्तक र सक्रिय रहने वैज्ञानिक कारण रहेको छ । वास्तवममा सिन्दुरमा ‘मर्कती’ हुन्छ जो एकमात्र यस्तो धातु हो जो तरल पदार्थका रुपमा पाइन्छ ।
यही कारण हो कि सिन्दुर लगाउँदा शितलता मिल्छ र दिमाग तनावमुक्त हुन्छ । सिन्दुर विवाहपछि लगाइन्छ किनकी मानिन्छ विवाहपछि महिलाको जिम्मेवारी बढ्छ र दिमागलाई शान्त र ब्यवस्थित राख्न जरुरी हुन्छ ।
काँचका चुरा लगाउने वैज्ञानिक कारण :
विवाह गरेकी महिलालाई काँचका चुरा लगाउनु शुभ मानिन्छ । नयाँ दुलहीको चुराको आवाजले उनको उपस्थितीको आभासलाई थाहा पाउन सकिन्छ । तर, यसका पछाडि एक वैज्ञानिक कारण लुकेको छ ।
वास्तवममा काँचमा सात्विक र अंश प्रधान रुपमा रहेको हुन्छ । जसका कारण चुरा आपसमा टक्रराएपछि जुन आवाज पैदा हुन्छ, त्यसले नकारात्मक उर्जालाई टाढा भगाउँछ ।

मानिन्छ कि मंगलसुत्र लगाउनाले रक्तचाप नियमित हुन्छ । भनिन्छ कि हिन्दु महिला धेरै शारिरीक श्रम गर्ने भएकाले उनीहरुको ब्लड प्रेसर नियन्त्रित हुन आवश्यक छ ।
जानकारहरु सल्लाह दिने गरेका छन्, मंगलसुत्र लुकाइएको हुनुपर्छ । यसका पछाडिको विज्ञान के छ भने मंगलसुत्र शरीरसँग टच हुनुपर्छ ताकि उसले धेरै भन्दा धेरै प्रभाव पार्न सकोस ।
किन पहिरिन्छन् खुट्टामा औठी ?
विवाहिता हिन्दु महिला खुट्टाको दोस्रो औलामा औठी पहिरिन्छन् । हिन्दीमा यसलाई ‘बिछुवा’ भन्ने गरिन्छ । किन पहिरिन्छन् खुट्टाको औलामा चक्रजस्तो औठी रु यसका पछाडि पनि वैज्ञानिक कारण लुकेको छ ।
खुट्टाको जुन औलामा औठी पहिरिइन्छ त्यसको कनेक्सन गर्भाशय र मुटुसँग हुन्छ । यसलाई पहिरिदा महिला सजिलै गर्भधारण गर्न सक्दछन् भने महिवारी चक्र पनि नियमित हुन्छ । औठी चाँदीको हुने भएका कारण जमिनबाट यसले उर्जा ग्रहण गर्दछ र पूरा शरीरमा पु¥याउँदछ ।

कानमा झुम्का, बाली आदि पहिरिनु फेसन होइन । यसको शरीरको अंगमा समेत प्रभाव पर्छ । कानमा प्वाल बनाएर त्यसमा केही धातु लगाउँदा महिनावारी नियमित गर्नलाई सहयोगी हुन्छ ।
शरीरलाई उर्जावान बनाउनका लागि इयररिङ र बढी उर्जालाई क मगर्नका लागि चाँदीका इयररिङ पहिरिने सल्लाह दिइन्छ । यस प्रकार अलग–अलग प्रकारका स्वास्थ्य समस्याका लागि अलग–अलग धातुका इयररिङ पहिरिने सल्लाह दिदैं आइएको छ ।
पाउजु पहिरिनुको विज्ञानः
चाँदीको पाउजु पहिरिनाले ढाड, घुडा र कम्मरको पीडा र हिस्टिरिया रोगबाट राहत पाइन्छ ।
साथै चाँदीका पाउजु सधैं खुट्टामा राखिराख्नाले स्त्रीको हड्डीका लागि काफी फाइदाजनक हुन्छ । यसबाट उनीहरुको खुट्टाको हड्डी बलियो हुन्छ ।