Mero Samay

  • Latest News

      Feb 2, 2016

      काँवरिया संघका बाबाहरुद्वारा भव्य पुजा पाठ ।


      माघ १९ वीरगंज
      काँवरिया संघको भब्य पुजापाठ पर्सा जिल्लाको गाबिस वागेश्वरी तित्रौना वडा नं. ३ चैनपुरमा सम्पन्न भएको छ ।
      भवानीपुर काँवरिया संघ पर्साको अगुवाईमा माघ ११ गतेबाट काफ्ला बाबाहरुको बिशेष पुजापाठ ईनर्वा , जगरनाथपुर,उदयपुरघुर्मी,बिश्रामपुर,सौराह हुदै चैनपुरमा बाबाहरुको बिटोर सम्पन्न भएको हो । काँवरिया संघका अध्यक्ष मदन पटेलको नेतृत्वमा चैनपुर गएको बाबाहरुको टोलीलाई गाबिसका नि.वर्तमान अध्यक्ष एवं गोपाल सेवा समितीका अध्यक्ष रामचन्द्र यादवले गाँउको पहिलो गेटमा बनाएको प्रवेश द्वाराका रिवनलाई काटेर उदघाटन संगै स्वागत गरेका थिए । पर्सा जिल्लाको ६३ गाँउ टोलबाट आएको बाबाहरुलाई चैनपुर गाबिस लगायत आसपासका गाँउका स्थानियबासिन्दाहरुले भव्य रुपमा स्वागत गरेका थिए ।
      काँवरिया बाबाहरुको टोली भारतको बिभिन्न प्रान्तमा गई जलबोझी गर्ने र आउँदो फागुन १ गते पर्सा जिल्लाको प्रसिद्ध धार्मिक स्थल रामभौरी भाठामा रहेको दुधेश्वरनाथ मन्दिरमा जल चढाउने र बिशेष पुजा गर्ने कार्यक्रम रहेको संघका सचिव रामशर्मा यादवले बताए । चैनपुरमा आयोजित पुजामा काफ्ला संघका उपाध्यक्ष गेनालाल पटेल,मधेसी पत्रकार समाज पर्साका अध्यक्ष एवं  कुर्मी समाज पर्साका अध्यक्ष संतोष पटेल, कोषाध्यक्ष दिपेन्द्र ठाकुर,सह सचिव श्यामबाबु पटेल, सदस्य रामपारस यादव, वरिष्ठ सल्लाहकार लालबाबु ओझा लगायत हजारौको सहभागिता रहेको थियो ।

      • Blogger Comments
      • Facebook Comments
      Item Reviewed: काँवरिया संघका बाबाहरुद्वारा भव्य पुजा पाठ । Rating: 5 Reviewed By: Mero samay