वीरगन्ज १७ माघ
नेपाल भारत सीमा क्षेत्रको ग्रामीण नाका हुँदै भारततर्फ अवैध लागु औषध ओसार पसार गर्ने दुईजना लागु औषधको कारोबारीलाई पर्सा प्रहरीले पक्राउ गरि आज सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले आज पत्रकार सम्मेलनको आयोजना गरि पक्राउ परेका दुई जना लागु औषध कारोबारी र उनीहरुको साथबाट बरामद भएको लागु औषधहरुलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा भारतको विहार पश्चिम चम्पारण नरकटियागन्ज बस्ने ३५ वर्षीय विनोद माझी र पर्सा जिल्लाको मुडली गाविस वडा नं. १ बस्ने ३० वर्षीय नेवन माझी रहेका छन् भने उनीहरुको साथबाट प्रहरीले ६० केजी अवैध लागु औषध चरेश बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा अन्तर्गत रहेका भिस्वा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले विशेष सुराकीको आधारमा चेकजाँच गर्ने क्रममा नेपालबाट भारततर्फ जान लागेको डी.एल. ०३ सी.ए.इ. १०७१ नम्बरको टर्बो गाडीलाई चेकजाँच गर्दा प्लाष्टिकमा बेरेर राखिएको ५० किलो चरेस बरामद भएको थियो भने चालक विहार पश्चिम चम्पारण बेतिया जिल्ला नरकटियागन्ज बस्ने बिनोद माझीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक होबेन्द्र बोगटीले बताए ।
यसैगरि सीमा चौकी बुडगाईबाट खटिएका गस्ती टोलीले जयमंगलापुर वडा नं. ७ स्थित चेकजाँच गर्ने क्रममा १० केजी लागु औषध चरेस सहित मुडली गाविस वडा नं. १ बस्ने नेवन माझीलाई पक्राउ गरेको छ । निज बी.आर. २२ टी. २७१० भारतीय नम्बरको मोटरसाइकलमा लुकाई छिपाई लागु औषध चरेश भारत तर्फ लान लागेको क्रममा प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका दुबै कारोबारीलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखि आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बोगटीले बताए ।
लामो समयदेखि पर्सा जिल्लामा लागु औषधको उत्पादन नभएपनि पहाडी जिल्लाबाट कारोबारीहरुले राष्ट्रिय वन, पर्सा वन्यजन्तु आरक्ष हुँदै पर्साको ग्रामीण नाकाबाट भारतसम्म ओसार्ने काम गर्दै आएको छन् । जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले ग्रामीण नाका हुँदै भारततर्फ हुने लागु औषध ओसार पसारको सञ्जाललाई भत्काउन पर्सा प्रहरीले अनुसन्धान गरि रहेको र चेकजाँचमा पनि तिब्रता बढाएको बताए ।