टिप्पणी
भारतसित सोमबारको म्याचमा नेपालले व्यहोरेको हार अनपेक्षित होइन । यद्यपि, भारतले नेपाली बलहरुमाथि जून शैलीमा आक्रमण गर्यो, त्यो चाहिँ धेरै हदसम्म अनपेक्षित रह्यो । नेपालले कष्टपूर्वक बनाएको १७० रनको लक्ष्यलाई उसले खेलाची शैलीमा भेट्टायो ।
टस हारेपछि भारतले नेपाललाई पहिलो ब्याटिङ गर्न निम्त्याउनुको अर्थ नेपालका बलहरुप्रतिको मनोवैज्ञानिक त्राश मुख्य कारण थियो । अघिल्ला दुई म्याचमा नेपाली बलरहरुले विपक्षी ब्याट्सम्यानहरुलाई जसरी आच्छुआच्छु पारेका थिए, त्यसले भारतीय ब्याट्म्यानहरुमा एक किसिमको शंसय पैदा गरेको थियो ।
कमजोर टिमविरुद्ध ठूला टिमले प्रतिस्पर्धा गर्दा, त्यो पनि ब्याट्सम्यानलाई सहयोग गर्ने पीचमा, पहिले ब्याटिङ रोज्छन्, ताकि उनीहरुका ब्याट्सम्यानले ५० ओभर ब्याटिङ गर्न पाउन् । तर, भारतले पहिले बलिङ रोज्यो । उसको यो निर्णय सही सावित पनि भयो । भारतीय बलरहरुविरुद्ध नेपाली ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् ।
समान स्तरका देशहरुको प्रतिस्पर्धामा एक सय ७० रनको विजय लक्ष्य कहिले काहिँ ‘ट्रिकी’ पनि हुन्छ । नेपालको बलिङ चम्केको खण्डमा यो स्कोरले भारतलाई केहि हदसम्म अल्मल्याउन सक्छ भन्ने अपेक्षा थियो । तर, त्यस्तो केहि भएन । भारतले केवल १५ ओभरमा लक्ष्य भेट्टायो ।
यद्यपि, म्याचको अन्त्यतिर नेपाली स्पिनरहरुले तीन भारतीय ब्याट्सम्यानहरुलाई पेभिलियन फर्काउन सफल भए ।
भारतसितको पराजय नेपालका लागि अप्रत्याशीत नभए पनि सम्मानजन हुन सकेन । नेपालले लज्जास्पद हार व्यहोर्नुका कारणलाई यसरी विश्लेषण गर्न सकिन्छः
१. अपरिपक्व ब्याटिङ
पहिले ब्याटिङमा उत्रेका नेपाली ब्याट्सम्यानहरुमा परिपक्वताको अभाव देखियो । पहिलो बलमै विकेट गएपछि नेपाल दबावमा आयो । दबावलाई कसरी सामना गर्ने भन्नेमा द्विविधा देखियो । ब्याट्सम्यानहरु कहिले आवश्यकताभन्दा बढि आक्रामक र कहिले आवश्यकताभन्दा बढी रक्षात्मक शैलीमा खेले । ब्याट्सम्यानहरु अनगिन्ति पटक विट भए । खेलेका सटहरुको पनि राम्रो फिनिसिङ थिएन ।
२. ठूला सट खेल्न असफल
नेपालको राष्ट्रिय टोलीमा जस्तै युवा टोलीमा पनि आवश्यकता परेको बेलामा ठूला सट हिर्काउन नसक्ने कमजोरी देखियो । पुरै इनिङमा नेपालको तर्फबाट जम्मा एक छक्का प्रहार भयो । प्रेम तामाङले हिर्काएको छक्का पनि फिल्डरको हातबाट फुत्केर गएको थियो । ठूला छक्का हान्ने क्षमताको अभावमा नेपालको रनरेट माथि उठ्न सकेन ।
३. भारतको आक्रमण
एक सय ७० को लक्ष्य भारतका लागि पर्याप्त पक्कै थिएन । तर, भारतले जून शैलीमा ब्याटिङ शुरु गर्यो, त्यसबाट नेपालले आँखा झिम्क्याउन नपाउँदै खेल गुमायो ।

भारतीय ओपनर रिसव पन्तले नेपाली बलरहरुमाथि अन्धाधुन्द आक्रमण गर्दै सुरुमै अत्याए । टी(२० मा पनि चर्को मानिने स्ट्राइक रेटमा ब्याटिङ गर्दै उनले केवल २४ बलमा ७८ रन हिर्काए । प्रेम तामाङको बलमा रिसव बोल्ड हुँदा भारत लक्ष्यभन्दा केवल ४६ रनले टाढा थियो । त्यसैले अन्य ब्याट्सम्यानहरुलाई खासै मिहिनेत गर्नुपरेन ।
४. फास्ट बलर अभाव
नेपाली टोलीमा स्पिनरहरु भरपुर भए पनि स्तरीय फास्ट बलरको अभाव खट्किएको छ । ओपनर बलरका रुपमा आएका कुशल भुर्तेलले दुई ओभरमा २२ रन दिए भने अर्का मिडियम पेस बलर दिपेन्द्र ऐरीको बलिङको भारतीय ब्याट्सम्यानले धज्जी उडाए । फास्ट बलरहरुसित स्पिड नहुनु र पिचमा स्वीङ पनि नहुनुले उनीहरु निस्प्रभावि बनेका हुन् । स्पिनरहरुमाथि पनि भारतीय ब्याट्सम्यानहरु हावी भएपछि नेपालले खेलमा फर्किने मौका नै पाएन ।
५. भारतको स्पिन
नेपाली ब्याट्सम्यानहरुलाई सबैभन्दा ठूलो डर भारतीय फास्ट बलर अभेस खानसित थियो । नभन्दै उनले आठ ओभरमा तीन विकेट लिए । यद्यपि, नेपाललाई सन्तोषजनक योगफल बनाउनबाट रोक्न स्पिनरहरुको ठूलो भूमिका रह्यो । न्यूजिल्याण्ड र आयरल्याण्डसित स्तरीय स्पिनर नहुँदा त्यसको फाइदा नेपालले उठाएको थियो । तर, भारतीय स्पिनरविरुद्ध नेपाली ब्याट्सम्यान खुलेर खेल्न सकेनन् ।
चाँदीको घेरा
– आजको म्याचमा नेपालका लागि एउटै सकारात्मक पक्ष भनेको पूरा ओभर खेल्नु हो । ४८ ओभरमा घटाइएको खेलमा भारतले नेपाली ब्याट्सम्यानहरुलाई अल आउट गर्न सकेन ।
– तल्लो क्रमका ब्याट्सम्यानहरुले पनि ब्याटिङ गर्न सक्षम रहेको प्रमाणित गरे । नवौं नम्बरमा आएका प्रेम तामाङले ४० बलमा २९ रन बनाए । आगामी म्याचहरुका लागि यसले नेपालको आत्मविश्वास बढाउन मद्दत गर्ने छ ।
– भारतीय ब्याट्सम्यानहरुको अप्रत्याशीत आक्रमणमा परेपछि पनि नेपाली स्पिनरहरुले खेलमा फर्किने प्रयास गरे । पहिलो विकेट १२४ रनमा गिर्नुअघि भारतले १० विकेटले नै जित्ने लक्षण देखिएको थियो । तर, प्रेम तामाङ र सन्दिप लामिछानेले तीन जना भारतीय ब्याट्सम्यानलाई आउट गर्न सफल भए ।