Mero Samay

  • Latest News

      Mar 6, 2016

      १०६ औं अन्तर्रा्ष्ट्रिय नारी दिवसको अवसरमा महिलाहरुको रक्तदान सम्पन्न


      फागुन २३ पर्सा
      वुमन फर ब्लड र नेपाल नर्सिङ सङ्घ पर्साको संयुक्त आयोजनामा १०६ औं अन्तर्रा्ष्ट्रिय नारी दिवसको अवसरमा शनिवार सम्पन्न रक्तदान कार्यक्रममा ८४ जनाले रक्तदान गरेका थिए ।
          महिलाहरूलाई रगतको बढी आवश्यकता पर्ने, महिलाहरू नै रक्तदानमा कम सहभागी रहने हुँदा रक्तदानका लागि आकर्षित गर्न महिला मात्रको सहभागितामा रक्तदान कार्यक्रम आयोजना गरिएको वुमन फर ब्लडको संयोजक मायामितु न्यौपानेले बताइन् ।
      शनिवार आयोजित रक्तदान कार्यक्रममा पूजा थापा, नितु पौडेल, सावित्री गुप्ता, अञ्जु गिरी, कुसुम पोद्दार, नीलम सिंह, उषा खनाल लगायतले रक्तदान गरेका रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख प्रवीण मानन्धरले बताए ।
          यस अघि वुमन फर ब्लड र नेपाल नर्सिङ सङ्घ पर्साले विश्व रक्तदाता दिवसको अवसरमा गत ज्येष्ठ ३० गते महिला मात्रको सहभागितामा गरेको रक्तदान कार्यक्रममा ११३ जनाले रक्तदान गरेका थिए, जुन नेपालकै सन्दर्भमा महिला मात्रको सहभागितामा गरिएको रक्तदान कार्यक्रममा सबैभन्दा बढी सहभागिता भएको थियो । शनिवारको रक्तदान कार्यक्रममा केन्द्रका आर्यन चौधरी, सुशील साह, नीरज गुप्ता, घुटुक साह, नन्दकिशोर साह र मुमताजले प्राविधिक सहयोग र्पुयाएका थिए । महिलाहरूले आयोजना गरेको रक्तदान कार्यक्रमलाई पारदर्शी बनाउन उनीहरूले सहयोगी संस्थाले गरेको सहयोग ब्यानरमार्फत् सार्वजनिक गरेका थिए
      • Blogger Comments
      • Facebook Comments
      Item Reviewed: १०६ औं अन्तर्रा्ष्ट्रिय नारी दिवसको अवसरमा महिलाहरुको रक्तदान सम्पन्न Rating: 5 Reviewed By: Mero samay