Mar 9, 2016
पछिल्लो मधेस आन्दोलनको केन्द्रमा रह्यो वीरगन्ज । नेपालको मुख्य व्यापारिक नाका पनि यही ठाउँ हो । नेपालको राजनीतिक, आर्थिक र सामाजिक तहमा प्रभावकारी भूमिका रहेको यो सहरको नालीबेली बुझ्न चाहनेका लागि पत्रकार गिरीश गिरीले पुस्तक तयार पारेका छन्, वीरगन्ज स् मेरो सहरको कथा ।
यस सहरसँग गिरीशको भावनात्मक सम्बन्ध पनि छ किनभने उनी वीरगन्जमै जन्मेहुर्केका हुन् । उनको पत्रकारिताको व्यावसायिक करिअर पनि यहीँ सुरु भएको थियो । यसअघि यसै सहरका बारेमा वृत्तचित्र टिम नेपाल बनाएर चर्चा बटुलेका यी पत्रकार आफ्नो पुस्तकलाई वीरगन्जको बायोग्राफी मान्छन् ।
खासमा गिरीशले वीरगन्जका बारेमा पुस्तक लेख्ने योजना दुई वर्षअगाडि नै बुनेका थिए । १०–१५ हजार शब्द लेखे पनि तर पुस्तकले पूर्णता पाएको थिएन । यसपटकको मधेस आन्दोलनका क्रममा जब उनी वीरगन्ज पुगे, तब रिपोर्टिङले मात्र उनको धीत मरेन । केही हजार शब्दका समाचारले वीरगन्जका तमाम विषयवस्तुलाई स्पष्ट पार्न नसकिने महसुस गरे । वीरगन्ज स् मेरो सहरको कथा यसकै प्रतिफल हो ।
वीरगन्ज, त्यहाँको आन्दोलन र सामाजिक पक्षलाई चिहाउन यो पुस्तकले मद्दत गर्ने उनको विश्वास छ । वीरगन्ज यात्राको जटिलताबाट सुरु भएको पुस्तक त्यही जटिलताबाट फेरि निस्केर समाप्त भएको छ । “सहरको जन्मको कथादेखि यसको विकासक्रम, पुराना घटना, रहस्यमयी र रोचक पात्रको वर्णनदेखि मधेस आन्दोलनका वीरगन्जेली भोगाइहरू समेटेको छु,” गिरीश भन्छन्, “सानो इतिहास बोकेकै सहर भए पनि त्यसले समेटेका रोचक पात्र, विविधतायुक्त घटना र रंगीन परिवेशले सम्पन्न वीरगन्जको दस्तावेज हो पुस्तक ।” पुस्तक २८ फागुनमा सार्वजनिक हुँदैछ । -नेपाल
Related Posts
About Birgunj Town
हाम्रो वीरगंज राम्रो वीरगंज According to the map of Nepal Birgunj ...
Salary of Government officials of Nepal
Salary of Head of State, Top political posts etc in Nepal Sa...
रामचन्द्र किन हारे ? यी हुन् हारका ४ कारण !
भगवान रामचन्द्रले आफ्नै भाइ भरतलाई राजगद्दी त्यागेर १४ वर्ष वनवासक...
कांग्रेस शेरबहादुर देउवाः रुवाखोलादेखि सभापतिसम्म (संक्षिप्त जीवनी)
काठमाडौँ, २४ फागुन । नेपाली काँग्रेसका नवनिर्वाचित सभापति शेरबहादु...
यसरी पक्राउ परे देउवा (दुर्लभ फोटो फिचर)
काठमाडौं, १६ फागुन । १३ महाधिवेशनबाट नेपाली कांग्रेसको नेतृत्व ल...
राजा महेन्द्रसँग इन्दिरा गान्धी किन रिसाइन् हँ
'म त भारतको प्रधानमन्त्री, उनी त केवल नेपालमा राजा : इन्दि...
यसरी मनाउन थालेकाे हाे भ्यालेन्टाइन डे
काठमाडौं, फागुन २ – नेपालसहित विश्वभर आज भ्यालेन्टाइन डे अर्थात प्रे...
क्रान्तिकारी पत्रकार संघको दुई नम्बर प्रंदेशको सहइचार्जमा खनाल निर्वाचित
वीरगन्ज,१ फागुन । क्रान्तिकारी पत्रकार संघ २ नम्बरको सहसंयो...
सुशील कोइरालाका सकारात्मक वा नकारात्मक भूमिकाबारे पनि समीक्षा गर्ने कि ?
पिएबाट पिएमसम्मको राजनीतिक यात्रा कुनै जमानामा एक जना मन्त्...
- Blogger Comments
- Facebook Comments
Item Reviewed: बायोग्राफी वीरगन्जको
Rating: 5
Reviewed By: Mero samay