Mero Samay

  • Latest News

      Mar 6, 2016

      पर्सा क्षेत्र नं २ को विकाशकालागि डेढ करोड विनियोजन

      सांसद बिचारी यादव
      फागुन २३ वीरगन्ज २०७२ । 
      पर्सा क्षेत्र नं २ को विकाशकालागि १ करोड ५४ लाख विनियोजन गरिएको छ । क्षेत्र नं २ का सांसद बिचारी यादवको अध्यक्षतामा बसेको बैठकले निर्वाचन क्षेत्र पूर्वाधार विकाश व्यवस्थापन समितीको बजेट विनियोजन गरेको हो । 
      क्षेत्र न.२ अन्तर्गतको सुखचैनामा अधुरो छठ घाट निर्माणकालागि १४ लाख, भौतिक पूर्वाधारकालागि बिरगन्ज उपमाहनगरपालिका वडा न. १७ स्थित सिद्धार्थ माविमा ८ लाख, श्रीपुर माविमा ७ लाख, सुरजी देवी माविमा ९ लाख रतनपुर विधालयमा ७ लाख,ड्राइपोर्ट देखी अपौनी सम्म सडक निर्माणमा १५ लाख,भवानीपुर देखी अपौनी सडकमा १० लाख, श्रीपुर धर्मशाला निर्माणमा ७ लाख, उदयपुर दलितवस्ति जानेबाटोमा १० लाखपरवानीपुर देखी ताजपुर सडकमा १५ लाख,रामपुर नहर देखी गद्यैया टोला सम्मको सडकमा १० लाख, बीरगन्ज वडा न. १ड मा ७ लाख, चोर्नी विधालय देखी जोशी जीको घर सम्मको सडक ढलाईकालागि १० लाख विनयोजन भएको सांसद विचारी यादवले बताउनु भएको छ । 
      • Blogger Comments
      • Facebook Comments
      Item Reviewed: पर्सा क्षेत्र नं २ को विकाशकालागि डेढ करोड विनियोजन Rating: 5 Reviewed By: Mero samay