Mero Samay

  • Latest News

      Mar 6, 2016

      सामुदायिक प्रहरी सेवा केन्द्र संचालन, मन्दिर सरसफाई

      वीरगन्ज २३ फागुन 
      सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्लीको कार्यालय आजदेखि संचालनमा आएको छ । मधेस आन्दोलनका कारण बन्द रहेको केन्द्र आजदेखि संचालनमा आएको हो । 
      आजदेखि संचालनमा आएको कार्यालयमा सेवा केन्द्रका कार्यसमिति सदस्यहरु, केन्द्रका सल्लाहाकार जगदीश शर्मा र प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठको उपस्थितिमा बैठक बसेर विभिन्न कार्य सुरु गरेको छ । सेवा केन्द्रका अध्यक्ष राम सर्राफको अध्यक्षतामा बसेको बैठकले आजै वीरगन्ज १६ राधेमाई मन्दिर परिसरमा सरसफाई गरेको छ । महाशिवरात्रीको अवसरमा सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्रदले सरसफाई गरेको हो । कार्यक्रममा सामुदायिक केन्द्रको कार्यालय संचालनको लागि निःशुल्क कोठा उपलब्ध गराउनुभएका त्रिमुर्ती चोक निवासी मेघराज सहनीलाई सम्मान गरिएको छ । प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले सहनीलाई फुलमाला लगाएर सम्मान गर्नुभयो । भोलीदेखि कार्यलय नियमित रुपमा खुल्ने केन्द्रका अध्यक्ष राम सर्राफले जानकारी दिनुभयो ।
      • Blogger Comments
      • Facebook Comments
      Item Reviewed: सामुदायिक प्रहरी सेवा केन्द्र संचालन, मन्दिर सरसफाई Rating: 5 Reviewed By: Mero samay