१३ औं महाधिवेशनमा भएको निर्वाचनमा अर्जुननरसिंह केसी र गगन थापालाई हराउँदै सशांक महामन्त्री निर्वाचित भएका हुन् । उनी रामचन्द्र पौडेल समूहबाट चुनाव लडेका थिए ।
निर्वाचन समितिले आधिकारिक घोषणा गर्नमात्र बाँकी छ ।
कोषाध्यक्षमा पनि पौडेल समूहकै सीतादेवी यादव अगाडि छन् ।
- को हुन् सशांक ?
परिवारसँगै २०१७ देखि २०३६ सालसम्म निर्वासित जीवन बिताएका कोइराला ०६७ को १२औं महाधिवेशनमा चौथो स्थानको मत ल्याएर केन्द्रीय सदस्यमा विजयी भएका थिए । उनी नवलपरासीबाट ०६४ र ०७० को दुइटै संविधानसभामा निर्वाचनमा विजयी भएका हुन् ।