Mero Samay

  • Latest News

      Mar 4, 2016

      स्वः गोपाल गिरी स्मृति पत्रकारिता पुरस्कारबाट एभिन्यूज टेलिभिजनका बरिष्ठ साम्बाददाता राजु श्रेष्ठ सम्मानित

      वीरगन्ज, २१ फागुन
      मेरो समय
      नेपाल पत्रकार महासंघ पर्सा शाखाले स्थापना गरेको स्वर्गीय गोपाल गिरी स्मृति क्रियाशिल पत्रकारिता पुरस्कारबाट एभिन्यूज टेलिभिजन क्षेत्रिय ब्यूरो कार्यालय वीरगंजका ब्यूरो प्रमुख राजु श्रेष्ठलाई प्रदान गरिएको छ ।
      नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा आयोजित समारोहमा कार्यक्रमका प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले पत्रकार श्रेष्ठलाई नगद सहित सम्मान पत्रबाट सम्मान गरेका थिए । सम्मान सहित पुरस्कारको राशी रु. २५ हजार रहेको छ  । प्रमुख अतिथी घिमिरेले मर्यादित पत्रकारकारीको माध्यमबाटै मुलुकको राजनीतिक, सामाजिक र आर्थिक बिकास हुनेमा जोड दिएका थिए । नेपाल पत्रकार महासंघ पर्सा शाखाका उपाध्यक्ष धुब साहको संयोजकत्वमा गठित पुरस्कार छनौट समितिले सिफारिसको आधारमा बरिष्ठ साम्बाददाता राजु श्रेष्ठलाई पुरस्कृत गरिएको हो  ।
      नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जराको अध्यक्षतमा र सचिव कृष्णउदास खनालको संचालनमा सम्पन्न भएको कार्यक्रममा गिरीका सुपुत्र गिरिश गिरी र सम्मानित ब्यक्तित्व राजु श्रेष्ठ सहित नेपाल पत्रकार महासंघका मध्यमाञ्चल संयोजक तथा केन्द्रीय सदस्य शीतल महतो, बरिष्ठ पत्रकार जगदिश शर्मा, नेपाल उधोग बाणिज्य संघका केन्द्रीय सदस्य बिजय सरावगी, सद्भावना पार्टीका केन्द्रीय सदस्य निजामुद्दिन समानी, वीरगन्ज उधोग बाणिज्य संघका अध्यक्ष प्रदीप केडिया, नेकपा एमालेमा नेता डा. बिश्वम्भर शर्मा,संघीय समावेशी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादव, नेपाल बार एसोशिएन पर्साका अध्यक्ष प्रमोद साह लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो भने कार्यक्रममा स्वागत मन्तब्य शाखाका उपाध्यक्ष धु्रब साहले राख्नु भएको थियो ।
      स्वर्गिय गिरीलाई तत्कालिन बिद्रोही माओवादीले जनयुद्धको बेला ०६० साल माघ १ गते हत्या गरेका थिए भने उहाँकै संझनामा पत्रकार महासंघ पर्सा शाखाले प्रत्येक बर्ष क्रियाशिल पत्रकारिता पुरस्कार प्रदान गर्ने गरिएको् छ ।


      • Blogger Comments
      • Facebook Comments
      Item Reviewed: स्वः गोपाल गिरी स्मृति पत्रकारिता पुरस्कारबाट एभिन्यूज टेलिभिजनका बरिष्ठ साम्बाददाता राजु श्रेष्ठ सम्मानित Rating: 5 Reviewed By: Mero samay