
वीरगंज १७ फागुन २०७२
मेरो समय
वीरगंज नगरलाई स्वच्छ ,समृद्ध एवं सुरक्षित बनाउने लक्ष्य सामाचारमा भनिएको छ तर यस लक्ष्य भने प्रचार प्रसारका लागि मात्रै भनिएको सजिलै बुझन सकिन्छ । वीरगंजमा दर्जनौँ संस्थाले वृक्षरोपन गर्ने गर्दछन् तर संरक्षण गरेको भने
देखिन्नर कारण अर्को वर्ष फेरी वृक्षारोपन गर्नु छ सायद त्यसैले होला एकै
ठाउमा बारम्बार वृक्षरोपन भएको, यसपटक पनि वृक्षारोपन भएको छ ।

सामाचार अनुसार संस्थाको कार्यतालिका अनुसार गर्नैपर्ने भएर वृक्षारोपन
गरिएको देखिन्छन्, काम देखाउने तर प्रचार बढी ईमेलमा प्राप्त भएको
सामाचारमा केहि नयाँ तरिकाले वीरगंज नगरलाई स्वच्छ ,समृद्ध एवं सुरक्षित
बनाउने लक्ष्य भनिएको हो ।प्राप्त सामाचारमा आज रोटरी क्लब अफ वीरगंज र
रोट्क्याट क्लब अफ वीरगंजको संयुक्त रुपमा आर्दश सेकेण्ड्री स्कूलमा आयोजना
गरेको कार्यक्रममा एक दर्जन प्रमुख व्यक्तिले ५० विरुवा रोपेको हो ।

वृक्षारोपनमा पर्सा प्रहरी प्रमुख प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठ, रोटरी
क्लबका डिस्ट्रीक गर्भनर केशव कुनुवार, वीरगंज पब्लिक कलेजका कार्यकारी
निर्देशक प्रो।डा। दिपक शाक्य, आर्दश स्कुलका निर्देशक हरीरत्न तुलाधर,
रोटरी क्लब अफ वीरगंजका अध्यक्ष बिश्वकरण जैन, रोट्क्याट क्लब अफ वीरगंजका
अध्यक्ष पियुश गुप्ता, वीरगंज उपमहानगरपालिकाका निमित प्रमुख प्रकाश
अमात्य, जिल्ला ट्राफिक कार्यालय पर्साका प्रमुख प्रहरी निरिक्षक खेम
आर्चाय, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरिक्षक एन मल्ल,
संघीय समावेसी मधेसी युवा गठबन्धन पर्साका सल्लाहकार युवा नेता ओमप्रकास
सर्राफ, मधेसी पत्रकार समाज पर्साका अध्यक्ष संतोष पटेल लगायतका
पदाधिकारीहरुले अशोक, लिची, आँफ, सपेता र फुल सहित बिभिन्न प्रजातिका ५०
बढी विरुवा रोपेको जनाए अनुसार रोट्याक्ट क्लबका कबिता चौधरी जनकारी दिइएको
बताइएको छ ।