
जिल्ला प्रहरी कार्यालय पर्साले जिल्लाको विभिन्न स्थानमा अवैध रुपमा लगाएको अफिमको बोट विरुवाहरु नष्ट गरेका छन् । पर्साको गाविस झैवागुठीमा १५ सय र मधुवन मथवलमा ८० हजार लागु औषध अफिमको बोटसुचनाको अधारमा खेतमै पुगि विरुवा संकलन गरि आगो लगाई नष्ट गरेका थिए ।
प्रहरीले गाविस झैवागुठी ६ स्थित ४ धुर क्षेत्रफलको खेतमा लगाएको लागु औषध अफिम इलाका प्रहरी कार्यालय पोखरीयाको टोलिले नष्ट गरेका थिए ।

सोह गाँउका वडा नम्बर १ निवासि भोजिदास तत्वाले आफनो निजि जग्गामा १५ सय बढी अफिमको बिरुवा लगाएको सुचनाको अधारमा खेतमा पुगेर नष्ट गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक एवम् प्रवक्ता होबिन्द्र बोगोटिले जनकारी गराएका छन् ।
विरुवा लगाएका खेतधनी तत्वा हाल फरार रहेकाले उनको खोजि कार्य भईरहेको उनले बताए ।
यसैगरी गाविस मधुवन मथवल ३ सखौनिया टोल स्थित जङगल फडानि गरि अबैध रुपमा १२ कट्टा क्षेत्रफल भएको ऐलानि खेतमा लगाएको ८० हजार भन्दा बढी विरुवा प्रहरीले नष्ट गरेको प्रवक्ता होविन्द्र बोगोटिले जनकारी गराउनु भएको हो ।
