Mero Samay

  • Latest News

    Feb 2, 2016

    बिहारी नेताको वक्तव्यप्रति सरकारद्वारा खेद प्रकट

    भारत बिहारका नेता लालु यादवलाई भेट गर्दै मधेशी मोर्चाका नेताहरु । तस्वीर : उपेन्द्र यादवको फेसबुकबाट
    परराष्ट्रमन्त्रालयले आन्तरिक विषय र गम्भीरतालाई नजरअन्दाज गरी भारतका केही राज्यका नेताका तर्फबाट आएको भनिएको सार्वजनिक वक्तव्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
    परराष्ट्र मन्त्रालयले १९ माघमा विज्ञप्ति प्रकाशित गरी आजका विभिन्न पत्रपत्रिकामा भारतको विहार राज्यका नेताले नेपालको आन्तरिक मामिलाका विषयमा दिएको भनिएको वक्तव्यप्रति ध्यानाकर्षण भएको जनाएको हो ।
    नेपालको आजको धरातलीय यथार्थता र दुई देशको आधारभूत चासोविपरीत आएका यस्ता वक्तव्यले दुई मुलुकको समान चासो र भावनालाई टेवा पुर्या‍उन नसक्ने परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
    विज्ञप्तिमा भनिएको छ, “धरातलीय यथार्थविपरीत आएका त्यस्ता धारणाप्रति नेपाल सरकार खेद प्रकट गर्दछ ।”
    तराई मधेशमा आन्दोलनरत सङ्घीय समाजवादी फोरम नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी तथा सद्भावना पार्टीका नेताहरु – उपेन्द्र यादव, राजेन्द्र महतोलगायतले भारतीय नेता लालुप्रसाद यादवसँग हिजो भेटगरी आफूले जारी राखेको आन्दोलनमा सहयोग गर्न आग्रह गरेका थिए ।
    दुई देशबीच रहँदै आएको सुमधुर सम्बन्धलाई कायम राख्न कोही कसैले पनि यस्ता वक्तव्यबाजी नगर्न नेपाल सरकारले आग्रह गरेको छ । द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन सबैको सकारात्मक योगदान र चासो रहनुपर्नेमा पनि परराष्ट्र मन्त्रालयले जोड दिएको छ । रासस
    • Blogger Comments
    • Facebook Comments
    Item Reviewed: बिहारी नेताको वक्तव्यप्रति सरकारद्वारा खेद प्रकट Rating: 5 Reviewed By: Mero samay
    Scroll to Top