Mero Samay

  • Latest News

      Feb 2, 2016

      मलेशियामा नेपाली कार्यक्रम, तयारी अन्तिम चरणमा

      भानुभक्त अचार्य 

      मलेसिया १९ ,
      रकस्टार गुप्र पेनाङ्को आयोजनामा मलेशिया स्थित पेनाङ्को शहरका विभिन्न ?स्थानमा हुने साङ्गितिक कार्यक्रम को तयारी अन्तिम चरणमा पुगेको छ । 
       चिनियाँ नयाँ बर्षको अवसरमा हुन लगेको कार्यक्रमको को प्रचार प्रसार तिब्र भैरहेको र तयरी सकिएको आयोजकले जनाएको छ । मलेसियामा रहेका नेपालीहरुलाई सांगितिक कार्यक्रम मार्फत एकताको सन्देश र मनोरञ्जन दिलाउन कार्यक्रम हुने भएको हो ।
      कार्यक्रममा नेपालका चर्चित कलाकारहरुले आफ्नो प्रहसन देखाउने गुप्रका रमेश राइले बताउनु भयो । उहाका अनुसार फ्रेबुअरी ६ देखि ९ सम्म चल्ने रकस्टार धमाका दोस्रो संस्करणको सास्कृतिक कार्यक्रममा चर्चित गायक राजेश पायल राई, हास्य कलाकार जितु नेपाल (मुन्द्रे), लोक गायिका सिर्जु अधिकारी, मोडल तथा नायिका चन्दा दाहाल, नृत्य निर्देशक तथा हस्य कलाकार पेमा लामा, लगायतको प्रस्तुती रहनेछ ।
      हास्य कलाकार जितु नेपाल (मुन्द्रे)
      ३ दिन सम्म पेनाङ्का फरक फरक शहरमा संचालन गरिने कार्यक्रमको समय तालिका मंगलबार साझ सार्वजनिक गरिएको छ । फ्रेबुअरी ७ मा मेलसियाको सुङ्गाइ पतानी, ८ मा परि पेनाङकाे पाच तारे होटेल र ९ मा बिएम मा कार्यक्रम हुनेछ । घरबाट बाहिर रहेका नेपाली हरु बिच आत्मियता साटासाट गर्नको निम्ति कार्यक्रमको आयोजना गरिएको गुप्रका अर्जुन बिकले बताउनुभयो ।
      चर्चित गायक राजेश पायल राई
      • Blogger Comments
      • Facebook Comments
      Item Reviewed: मलेशियामा नेपाली कार्यक्रम, तयारी अन्तिम चरणमा Rating: 5 Reviewed By: Mero samay