Mero Samay

  • Latest News

      Jul 24, 2014

      एक सय १६ यात्रु सहित विमान वेपत्ता

      अल्जेरियाको राष्ट्रिय वायुसेवा एयर अल्जियरको एक विमान एक सय १६ जना सहित बिहीबार हराएको छ। विमान उडेको ५० मिनेट पछि विमानस्थलसँग सम्बन्ध बिच्छेद भएको बताइएको छ।
      पश्चिम अफ्रिकी राष्ट्र बुर्किना फासोबाट अल्जियर्सको लागि उगेको विमानको अन्तराष्ट्रिय समय अनुसार १ स्५५ बजे विमानस्थलसँग अन्तिम पटक सम्पर्क भएको बताइएको छ।
      ए एच ५०१७ जेट विमानमा एक सय १० जना यात्रु तथा छ चालकदलका सदस्य सवार थिए। यात्रुहरूमा ५० जना फ्रान्सेली नागरिक रहेको एजेन्सीहरूले उल्लेख गरेका छन्।
      एक साता अघि मलेसियन एयरलाइन्सको विमान युक्रेनमा दुर्घटना हुँदा दुई सय ९५ को मृत्यु भएको थियो भने बुधबार ताइवानको विमान दुर्घटना हुँदा तीन दर्जनले ज्यान गुमाएका थिए।


      कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you
      • Blogger Comments
      • Facebook Comments
      Item Reviewed: एक सय १६ यात्रु सहित विमान वेपत्ता Rating: 5 Reviewed By: Mero samay