Mero Samay

  • Latest News

      Jul 25, 2014

      शनिबारका छापामा मुख्य खबरहरु

      राजधानीबाट शनिबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौंमा आएको, तीन दलले अहिले तत्काल भारतसँग ठूला सम्झौता नगर्ने निर्णय गरेको खबरलाई प्राथमिकताका साथ छापेको छ । राजधानी दैनिकले एमाओवादीमा तीन तहको पार्टी शिक्षाको प्रस्ताव गरिएको, नेपाल(भारत संयुक्त बैठक आजदेखि सुरु हुने, केपी ओली अस्पतालबाट डिस्चार्ज भएको खबरलाई प्राथमिकताका साथ छापेको छ । 
      गोरखापत्र दैनिकले तीन दलले सम्झौता गर्दा राष्ट्रिय हित हेर्ने बताएको, मेलम्चीको पानी वितरण गर्न सडक भत्काउनुपर्ने बाध्यता रहेको खबरलाई प्राथमिकताका साथ छापेको छ । 
      अन्नपूर्ण पोस्टले नेपालको चाहना भारतसँग विश्वसनीय सम्बन्ध बनाउने रहेको, उर्जा व्यापार प्रस्तावमा असहमति भएको, बौद्धगुरु श्यामर रिन्पोचेको अन्त्यष्टि नेपालमै गर्ने वातावरण मिलाउन प्रधानमन्त्रीले आग्रह गरेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
       नागरिक दैनिकले भारतीय विदेशमन्त्री स्वराजले नेपाल आफ्नो पहिलो प्राथमिकतामा रहेको बताएको, मन्त्रालयसहित २० निकाय सचिवविहीन भएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
       नेपाल समाचारपत्रले उर्जा व्यापारको बहस जारी रहेको, अधिकारी दम्पती बचाउन नसक्ने वीरअस्पतालले बताएको खबरलाई प्राथमिकताका साथ छापेको छ । 

      कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
      • Blogger Comments
      • Facebook Comments
      Item Reviewed: शनिबारका छापामा मुख्य खबरहरु Rating: 5 Reviewed By: Mero samay