Mero Samay

  • Latest News

      Mar 20, 2014

      आफनै श्रीमती बेच्न खोज्ने श्रीमान पक्राऊ


      बेच्न खोज्ने श्रीमान र बेचिनवाट जोगिएकी श्रीमती 
      वीरगंज, ६ चैत्र
                जिल्ला प्रहरी कार्यलय पर्साले आफनै श्रीमती बेच्न खोज्ने श्रीमानलाई पक्राऊ गरि अनुसंधान अगाडी बढाएको छ ।  वीरगंज उप–महानगरपालिका ७ मंयुदिन शेषको २१ वर्षिय छोरा सदाम हुसेनले श्रीमतीलाई ५० हजार भारुमा बेच्न लागेको विशेष सुराकिको अधारमा पक्राउ गरेको छ । ६ महिना अगाडी धाधिङ जिल्लाको मलेखुकी परीयार थर भएकी २० वर्षिय महिलासंग विवाह गरि वीरगंज ल्याएका हुसेनले ५० हजार भारक्तिय रुपैयामा बब्लु भन्ने व्यक्तिसंग बेच्न लागेको विशेष सुराकिको अधारमा जिल्ला प्रहरी कार्यलय पर्साको टोलिले हुसेनलाई पक्राउ गरि अनुसन्धान थालेको छ । (हिजो) चैत्र ५ गते उनकी श्रीमतिले जिल्ला प्रहरी कार्यलय पर्सामा आफुलाई बेच्न लागेको भनि मुदा दर्ता गराएर उनलाई पक्राउ गरिएको पर्साका प्रहरी उपरिक्षक धिरज प्रताप सिहले जनकारी गराउनु भएको हो । पक्राउ गरेका हुसेनलाई मानव वेचविखन तथा ओसारपसार ऐन अन्तर्गत मुद्दा चलाउने प्रहरी उपरिक्षक सिहले जनकारी गराउनु भएको हो ।
              यसैगरि जिल्ला प्रहरी कार्यलय पर्साले यस आर्थिक वर्षमा हालसम्म २ वटा मानव वेचविखन तथा ओसारपसारमा मुदा परेको छ भने १ महिला सहित ४ पुरुषलाई पक्राउ गरि अदालतको फैसला अनुसार कारागार चलान भई मुदा खेपिरहेको प्रहरी उपरिक्षक सिंहले जनकारी गराउनु भएको हो ।



      कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you
      • Blogger Comments
      • Facebook Comments
      Item Reviewed: आफनै श्रीमती बेच्न खोज्ने श्रीमान पक्राऊ Rating: 5 Reviewed By: Mero samay