Mero Samay

  • Latest News

      Mar 18, 2014

      विश्वकप क्रिकेट स् बंगलादेशसँग नेपाल पराजित


      काठमाडौं, चैत ४ – ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपाल बंगलादेशसँग ८ विकेटले पराजित भएको छ ।
      बंगलादेशको चटगाउँमा भएको खेलमा नेपालले दिएको १ सय २७ रनको लक्ष्य बंगलादेशले १५ दशमलव ३ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।
      टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा १ सय २६ रन बनाएको थियो ।
      नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ४१ रन बनाए । यस्तै शरद भेषावकरले ४०, ज्ञानेन्द्र मल्ल १३, सागर पुन १२ र सुवास खकुरेल ८ रनमा आउट भए । बलिङतर्फ बंगलादेशका अल अमिन होसेइनले दुई तथा फरहास रेजा र मास्राफी मोर्ताजाले एकरएक विकेट लिए ।
      जवाफी ब्याटिङ गरेको बंगलादेशका लागि अनामुल हकले सर्वाधिक ४२ रन बनाए । यस्तै तमिम इकवालले ३०, शकिब अल हसनले ३७ तथा सब्बिर रहमानले २१ रन बनाए ।
      बलिङतर्फ नेपालका बसन्त रेग्मीले एक विकेट लिए ।
      बंगलादेशसँग पराजित भएसँगै नेपालको दोस्रो चरण प्रवेशको संभावना पनि कठिन बनेको छ । नेपाललाई अब अर्को चरण प्रवेश गर्न आफ्नो नतिजा मात्रै नभइ अर्काको खेलको नतिजा समेत पर्खनुपर्ने भएको छ । नेपालले अब अर्को चरण प्रवेश गर्न विहीबार हुने खेलमा अफगानिस्तानलाई हराउनु पर्छ भने बंगलादेश पनि हङकङसँग हार्नुपर्ने हुन्छ ।
      यसअघि मंगलबार अफगानिस्तानसँग हारेको हङकङ भने प्रतियोगिताबाटै बाहिरिएको छ । अघिल्लो खेलमा नेपालसँग ८० रनले हारेको हङकङ मंगलबार अफगानिस्तानसँग सात विकेटले पराजित भएको थियो ।


      कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you
      • Blogger Comments
      • Facebook Comments
      Item Reviewed: विश्वकप क्रिकेट स् बंगलादेशसँग नेपाल पराजित Rating: 5 Reviewed By: Mero samay