Mero Samay

  • Latest News

      Mar 8, 2014

      मेरो अग्निपरीक्षा ढुंगेल - रमेश खरेल



      हानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख रमेश खरेलले सर्वोच्च अदालतबाट सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका एमाओवादी नेता बालकृष्ण ढुंगेललाई कानुनी दायरामा ल्याउने विषयलाई अग्निपरीक्षाको संज्ञा दिएका छन् । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) खरेललाई भेट्न शुक्रबार कार्यकक्षमा पुगेका पीडित परिवारलाई उनले सो धारणा राखेका हुन्। आजको राजधानीमा खबर छ। 

      एसएसपी खरेलले ढुंगेलबारे अदालतको फैसलालगायत अन्य सबै विषयमा आफू जानकार रहेको र उनलाई पक्राउ गर्ने विषयलाई आफ्नो अग्निपरीक्षाका रूपमा लिइएको बताए । न्याय नपाउँदा पीडित परिवारलाई मर्का परेको भन्दै उनले भने, ‘यो मेरो अग्निपरीक्षा हो, तपाईंहरूले न्याय पाउनुहुन्छ, ढुक्क हुनोस् ।’ यस्ता घटनामा दोषीलाई कानुनी कठघरामा नल्याए प्रहरी ‘नपुंसक’ जस्तो हुने आश्वासन पनि खरेलले दिएका छन् । उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले ढुंगेललाई कारबाही गर्ने बताइसकेकाले पनि आफूलाई थप बल प्राप्त भएको एसएसपी खरेलले बताए । 
      ओखलढुंगाको टारकेराबारीका स्थानीय उज्जनकुमार श्रेष्ठको १० असार २०५५ मा हत्या भएको थियो । सो हत्यामा तत्कालीन सभासद् रहेकै बेला एमाओवादी नेता ढुंगेललाई सर्वाेच्च अदालतले दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराईले ढुंगेललाई आममाफीको सिफारिस गरेका थिए।
      सरकारको सो विवादास्पद सिफारिस राष्ट्रपतिले अनुमोदन गर्नुअगावै अदालतमा मुद्दा परेपछि अहिलेसम्म विचाराधीन रहेको छ । सरकारको सो सिफारिसविरुद्ध नागरिक समाज, अधिकारकर्मी, अन्य राजनीतिक दल र अन्तर्राष्ट्रिय समुदायले चर्को विरोध गर्दै आएका छन् । 
      आममाफी दिने भट्टराईको सरकारको निर्णयविरुद्ध पीडित परिवारको तर्फबाट उज्जनकी दिदी सावित्री श्रेष्ठले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । त्यो अहिले पनि विचाराधीन छ । काठमाडौंका प्रहरी प्रमुख खरेललाई भेट्न पुगेकी उज्जनकी दिदी सावित्रीले उनको प्रतिबद्धतापछि आफू उत्साहित भएको बताइन्।
      एसएसपी खरेलले ढुंगेललगायतका दोषीलाई कानुनी कठघरामा ल्याउने विश्वास लिएको सावित्रीको भनाइ छ । सर्वोच्चले दोषी ठहर गरिसक्दा पनि ढुंगेललाई प्रहरीले पक्राउ गरेको छैन । ढुंगेल अहिले पनि राजधानीमा लुकीलुकी हिँड्ने गरेको पीडित परिवारको दाबी छ । सोही कारण सावित्रीले अभियुक्तलाई पक्राउ गर्न भन्दै खरेललाई भेटेकी हुन् । सेतोपाटीवाट






      कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you
      • Blogger Comments
      • Facebook Comments
      Item Reviewed: मेरो अग्निपरीक्षा ढुंगेल - रमेश खरेल Rating: 5 Reviewed By: Mero samay