काठमाडौँ, वैशाख २२ ( बङ्गलादेश सरकारले नेपालका भूकम्पपीडितको सहयोगार्थ १० हजार मेट्रिक टन चामल उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री शेख हसिनाले गत सोमबार सहयोगस्वरुप उक्त परिमाणको चामल नेपाल पठाउन आदेश दिनुभएको र ढुवानीको प्रक्रिया प्रारम्भ भईसकेको यहाँस्थित बङ्गलदेशी राजदूतावासले मगलबार जनाएको छ ।
साथै बङ्गलादेशी प्रधानमन्त्रीले चामलसँगै पर्याप्त पानीसमेत पठाउन निर्देशन दिनुभएको छ । प्रधानमन्त्रीका प्रेस सचिव ए के एम शमिकलाई उद्धृत गर्दै उक्त दूतावासले जनाएअनुसार चामल बङ्गलाबन्ध–फूलबारी–पानीट्याङ्की– काकँडभिट्टा स्थलमार्गबाट पठाउने प्रक्रिया सुरु भईसकेको छ । हवाई मार्गबाट पनि केही राहत सामग्री ढुवानी गरिने छ । रासस