Mero Samay

  • Latest News

      May 8, 2015

      आई.पि.एल खेलमा सट्टबाजीगरी करोडौँको खेल खेलाउने २ पक्राउ, पक्राउ परेकालाई छुटाउन प्रहरीलाई ५ लाख घुुस दिने ३ व्यपारी पक्राउ



      वैशाख २५ पर्सा
      भारतमा भईरहेको ईन्डियन प्रिमियर लिग (आई.पि.एल) खेलमा अबैध रुपमा भारत तथा नेपाल का व्यक्तीहरुसंग प्रत्यक्ष तथा फोन मार्फत जुवा खेलाउनेलाई प्रहरीले पक्राउ गर्नजादाँ ५ लाख रुपैयाँ घुसदिने ३ जना सहित ५ जनालाई गएराति पक्राउ गरेको छ । 
      वीरगंज उप–महानगरपालिका आदर्शनगर १३ स्थित रमेश अग्रवालको घरमा डेरा लिई बस्दै आएका भारत राजस्थानका ५० वर्षिय आत्मराम खेतान र वीरगंज उप–महानगरपालिका आदर्शनगर १३ बस्ने बुल्ला खेतानले आत्मरामको डेरामा (आई.पि.एल) खेलमा दुबै देशका व्यक्तिहरुलाई फोन मार्फत सम्पर्क गरी हुन्डीले रकम अदानप्रदान गर्नेगरी जुवा संचालन गर्दै आएको थियो । प्रहरीले अवैध रुपमा क्रिकेट खेलको कस्ले हार्ने र जित्ने गरी सट्ट बाजी थापी खेल खेलाएको अवस्थामा पक्राउ गर्न लाग्दा प्रलोभनमा पारी संचालक आफ्नो मान्छे भन्दै छुटाउनलाई भारतको राजस्थान बस्ने ४० वर्षीय संजय अग्रवाल, ३८ वर्षिय मुकेश अग्रवाल र ४८ वर्षिया विजय टिडेवालले संयुक्त रुपमा ५ लाख नगद घुष दिन खोज्दा प्रहरीले उनीहरुलाई पक्राउ गरी आज सार्वजनीक गरेको छ । 
      पक्राउ परेकाहरुसंग विभिन्न कम्पनीका मोवाइल ९ थान, भारतीय रिलायन्स फोन प्रयोग गरी सि.डि.एम.ए. फोन २ थान, स्यामसुङ्ग एलईडी ३२ ईन्चको १ थान, बाजी थापी हिसाब किताव प्रयोग गरीएको २१ थन डायरी, भारतीय डिस होम र ५ लाख नगद बरामद भएको हो । 
      पक्राउ परेका संचालक बुल्ला खेतान र आत्मराम खेतान विगत लामो समयदेखी नै क्रिकेटको अधिकाश खेलहरुमा सट्टबाजी गर्दै दुवै देशका व्यक्तिहरुलाई करोडौँ रुपैयाको जुवा खेलाउने गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक एवं प्रवक्ता विर बहादुर ओलीले बताए । 





      कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
      • Blogger Comments
      • Facebook Comments
      Item Reviewed: आई.पि.एल खेलमा सट्टबाजीगरी करोडौँको खेल खेलाउने २ पक्राउ, पक्राउ परेकालाई छुटाउन प्रहरीलाई ५ लाख घुुस दिने ३ व्यपारी पक्राउ Rating: 5 Reviewed By: Mero samay