 |
काठमाडौंबाट नेपालगञ्ज घर फर्किएपछि झिँगाबाट घाउ जोगाउन झुलभित्र आराम गरिरहेकी रिहाना । यो फोटो आइएमई(ग्लोबल(आइएमई फोटो अफ द इयर घोषित भयो र फोटो पत्रकार गजमेरले १ लाख रूपैयाँ पुरस्कार पाएका छन् । |
७ साउन, काठमाडौं ।
आइएमई(ग्लोबल(आइएमई नेपाल फोटो प्रतियोगिताको उपाधि विजय गजमेरले जितेका छन् । त्यही फोटोको स्टोरीले हरुले फोटो स्टोरीमा पहिलो भएको छ ।
उनले आफ्नै पतिद्धारा जलाइएकी १९ वर्षकी रिहाना शेखको काठमाडौंदेखि नेपालगञ्जसम्मको यात्राको साथै परिवारसँगको पुर्नमिलनका क्षणहरुको तस्वीरहरु आफ्नो क्यामरामा कैद गरेका थिए ।
डेढ महिनासम्म वीर अस्पतालको बर्न वार्डमा बिताएकी उनी काठमाडौंबाट घर फर्किएकी उनी निकै खुसी थिइन्, जसलाई गजमेरले रिहाना फेरि जन्मिएकी शीर्षक दिएका थिए । उनलाई दाहिजो नल्याएको निहुामा उनका पति र सासुले आलो लगाएका थिए । रिहाना निको भएर घर फर्किँदा उनको परिवारमा निकै खुसी छाएको थियो ।
 |
आगोले पोलेको घरमा झिँगा धपाउन नरिवलको तेल लगाइदिने दाइलाई आशिष दिँदै रिहाना |
 |
वीर अस्पतालमा हिडडुल गर्ने प्रयास गर्दे रिहाना |
 |
वीर अस्पतालमा उपचारका क्रममा देखिएको दृश्य |
 |
अस्पतालबाट घर जाने क्रममा एम्बुलेन्समा चढ्दै गरेकी रिहाना |
 |
उपचारपछि घर पुगेकी रिहानाको सल लगाइदिँदै आमा। |
कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you