१.निरिह गिरजा र नखुलेको ग्राण्ड डिजाईन ।
छ वर्षअगाडि जेठ २० गतेको दिन। राजा, रानीसहित राजपरिवारका त्यत्रा सदस्यहरुको हत्या भयो, शवयात्रा भयो तर राज्यका हर्ताकर्ता भएका ज्ञानेन्द्र भने चुप थिए। त्यत्रो घटना हुँदा पनि एक शब्द बोलेका थिएनन् उनी। बरु शवयात्राका क्रममा जनताको ढुंगामुढा सहेका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मन्त्रिपरिषद्को आकस्मिक बैठकपछि देशवासीका नाममा एउटा वक्तव्य दिएका थिए। वक्तव्य सार्है निरीह किसिमको थियो। घटना कसरी भएको थियो भन्ने बारेमा कुनै पनि जानकारी त्यसमा छैन। संवैधानिक राजतन्त्र भए पछि राजाले गर्ने सबै काम प्रधानमन्त्रीको सल्लाह सुझावमा गर्नुपर्ने भए पनि राजदरबारभित्र भएको त्यस्तो ठूलो घटनाको छानबिन गरिने प्रतिवद्धतासम्म त्यसमा देखाइएको छैन। बरु भनिएको छ( यथार्थ परिस्थिति र घटनाको सत्य(तथ्य विवरण जनसमक्ष आउनेछ भन्ने विश्वास छ। मानौँ, सत्यतथ्य नखोजीकन आफै प्रकट हुनेछ।
हेर्नुस् उक्त शोक सन्देशको पूर्ण विवरणः
दिदी बहिनी तथा दाजुभाइहरू,
राष्ट्रिय एकताका प्रतीक श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव तथा श्री ५ बडामहारानी ऐर्श्वर्य राज्यलक्ष्मी देवी शाहको अत्यन्त दुःखद एवं अप्रत्यासित निधनले हामी सम्पूर्ण नेपाली जनता स्तब्ध र शोकमग्न भएका छौँ। नेपालको ऐतिहासिक राजसंस्थाको गरिमा र मर्यादालाई झन्(झन् उज्ज्वल पार्दै जनताको सुख(दुःखमा निरन्तर समर्पित देशको प्रगति र एकताका निम्ति चिन्तनशील एवं संवैधानिक राजतन्त्र र बहुदलीय संसदीय प्रजातन्त्रको पुनःस्थापना र विकासका निम्ति अविस्मरणीय योगदान पुर्याउने आफ्ना प्यारा राजारानीको अप्रत्यासित निधनको यो अत्यन्त दुःखद र पीडादायक राष्ट्रिय दुर्घटनाले नेपाली जनतालाई लामो समयसम्म मर्माहत गराइराख्नेछ।
मौसुफहरूको अप्रत्यासित निधनको यो घटनासँगै श्री ५ अधिराजकुमार नीराजन वीर विक्रम शाह, श्री ५ अधिराजकुमारी श्रुति राज्यलक्ष्मी देवी राणा, श्री ५ अधिराजकुमारी शान्ति राज्यलक्ष्मी देवी सिंह, श्री ५ अधिराजकुमारी शारदा राज्यलक्ष्मी देवी शाह, श्री ५ शाहज्यादी जयन्ती शाह र कुमार खड्गविक्रम शाहसमेतको सामूहिक एवं अप्रत्यासित निधनले हामी सबै नेपालीलाई अत्यन्त मर्माहत बनाएको छ।
यो हृदयविदारक एवं राष्ट्रिय शोकको बेला देशभित्र र बाहिर बस्ने सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरूलाई शान्त र सयमित रहन तथा धैर्यका साथ यस राष्ट्रिय विपत्तिलाई सहनसक्ने साहस बटुल्न अपील गर्दछु। नेपाली जनताको एकता र सयमको प्रदर्शन नै राष्ट्रिय शोकको यस घडीमा दिवंगत आफ्ना प्यारा राजारानीप्रति भावपूर्ण श्रद्धाञ्जलि हुनेछ।
समस्त नेपाली जनता र श्री ५ को सरकारका तर्फबाट म स्वर्गीय श्री ५ महाराजाधिराज, श्री ५ बडामहारानी एवं राजपरिवारका अन्य सदस्यहरूप्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै मौसुफहरूको दिवंगत आत्माको चिर शान्तिको कामनाका साथ आ(आफ्ना धार्मिक विधि विधान र विश्वासअनुसार पूजाप्रार्थना गर्न समस्त नेपाली जनतालाई आग्रह गर्दछु।
साथै यस घटनामा घाइते होइबक्सेका वर्तमान श्री ५ दीपेन्द्र वीर विक्रम शाहदेवलगायत श्री ५ अधिराजकुमारी कोमलराज्य लक्ष्मी देवी शाह, श्री ५ अधिराजकुमारी शोभा राज्यलक्ष्मी देवी शाही, कुमार गोरखशमशेर राणा, धीरेन्द्र शाह र केतकी चेप्टरको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। हिजो भएको अत्यन्त दुःखद घटनाका बीच आफ्ना प्यारा राजारानीलगायत राजपरिवारका अन्य सदस्यहरूसमेतको अप्रत्यासित एवं दुःखद निधनको यथार्थ परिस्थिति र घटनाको सत्य(तथ्य विवरण जनसमक्ष आउनेछ भन्ने विश्वाससहित यसप्रति श्री ५ को सरकार गम्भीर र संवेदनशील रहेको तथ्य पनि सबै नेपाली दिदीबहिनी र दाजुभाइमा अवगत गराउन चाहन्छु। जय नेपाल १
२. गोलि चलेको सुन्दा एडिसिहरु के गरिरहेका थिए ।
राजदरबार हत्याकाण्डको अनुत्तरित प्रश्न
जेठ १९ गते बेलुकी नारायणहिटी राजदरबारमा भएको हत्याकाण्डको खबर भारतलगायतका विदेशी संचारमाध्यमले पहिले कसरी प्राप्त गरे रु नेपाली जनतालाई १७ घण्टासम्म कुनै सूचनासम्म नदिने गिरिजा सरकारको गृहमन्त्री पौडेलले तत्कालीन युवराज दीपेन्द्रले नै सबैलाई गोली हानी हत्या गरेका हुन् भनेर कसरी र केका आधारमा विदेशी संचारमाध्यमहरूसँग भन्न सके रु घटना घटेको बेला उनी कहाँ थिए ?
- युवराज दीपेन्द्रले आफ्नो विवाहको बारेमा विवाद भएपछि बढी रक्सी सेवनको अवस्थामा गोली हानी राजा वीरेन्द्र र उनको सम्पूर्ण परिवारलाई हत्या गरेको भनी प्रचार गरिएको सम्बन्धमा के प्रश्न स्वाभाविकरुपमा उठ्छ भने प्रेमिकालाई विवाह गर्न नपाएको हो भने आफूले आत्महत्या गर्न सक्ला वा त्यस कार्यमा सबभन्दा बढी अवरोध ल्याउने कसैलाई गोली प्रहार गर्न सक्ला, तर महाराजाधिराजको रोलक्रममा रहेको आफूसमेत आफ्नो तर्फका सबै परिवारको हत्या कसरी गर्न सक्दछ रु के मनोविज्ञान विशेषज्ञहरूले यसलाई संभव बताउलान् ?
- रक्सीको सेवनले होश गुमाएको एउटा व्यक्तिले कसरी छानी छानी आफ्नै परिवारको व्यक्तिलाई निशाना बनाउँछ रु प्रत्यक्षदर्शी भनी श्री ५ वीरेन्द्र सैनिक अस्पतालमा पत्रकार सम्मेलन गर्ने डा। राजीव शाहीले एकातिर युवराज दीपेन्द्र रक्सी सेवनको कारणले उभिन सक्ने अवस्थामा पनि थिएनन् भनेका छन् भने साथसाथै दीपेन्द्रले पछयाइ पछर्याई र लघारीलघारी आफ्नो आमा र भाइलाई गोली हाने भनेका छन्। यी दुवै कुरा एकैसाथ कसरी सत्य हुन सक्छन् ?
- एकातिर रक्सीको सेवनको कारणले होश गुमाएर मिनेटभरमै आफ्नो सम्पूर्ण परिवारलाई दीपेन्द्रले हत्या गरे भनेर प्रचार गरिएको छ, अर्कोतिर दीपेन्द्रले पलभरमै होशमा आएर ग्लानिस्वरुप आफूलाई पनि गोली हानेर आत्महत्या गरे भनिंदैछ। एक मिनेटअघि रक्सीले मातिएर आफ्नो पिता, मातालाई समेत हत्या गर्ने दीपेन्द्रको पलभरमै होश कसरी खुल्छ रु के यो कुरा अन्तरविरोधी छैन ?
- डा. राजीव शाहीले त्यस दिनको राजदरबारको पारिवारिक जमघटमा दीपेन्द्रको विवाहको कुनै कुरा नभएको बताएका छन्। त्यसो भए झन् दीपेन्द्रले विनाकारण किन उत्तेजित भएर गोली ठोके ?
- उक्त हत्याकाण्डमा राजा वीरेन्द्र र त्यसपछिको उत्तराधिकारी दीपेन्द्रसहित उनको परिवारको सबै सदस्यहरूको हत्या हुन्छ, तर त्यस अवस्थामा त्यसपछि राजगद्दी पाउनसक्ने व्यक्तिको सम्पूर्ण परिवार भने कसरी पूरै जीवित रहन्छ रु यो कसरी सम्भव भयो रु के यो संयोग मात्र हो भनेर पत्याउन सकिन्छ ?
- अत्यधिक रक्सी सेवनको कारणले युवराज दीपेन्द्रले आफ्नो मातापितासहित सबैको हत्या गरेको बताउने डा। राजीव शाहीले पारसको अनुरोधमा दीपेन्द्रले पारस शाहलाई भने केही पनि नगरेको बताउँछन्। के यो आफैंमा हास्यास्पद र अविश्वसनीय कुरा होइन ?
- डा। राजीव शाहीले अधिराजकुमारी श्रुतिले आफ्ना पति गोरखशमशेरलाई गोली लागेकोले सम्हाल्न जाँदा दीपेन्द्रले हानेको गोली लाग्न गएको भनेका छन् र उनले यो पनि भनेका छन् कि राजा वीरेन्द्रलाई गोली लागेर ढलेपछि उनी आफैंले राजा वीरेन्द्रको घाँटीबाट आएको रगत थाम्ने प्रयत्न गरेका थिए। उनले दीपेन्द्रले राजा वीरेन्द्रलाई एक पटक गोली हानेर बाहिर गई फर्केर आएपछि पुनः गोली हानेको बताएका छन्। त्यसरी गोली हान्दा डा। शाहीलाई चाहिं कसरी एउटै गोली पनि लागेन ?
- युवराज दीपेन्द्रले मात्र गोली हानी सबैको हत्या गरेका हुन् भने राजपरिवारका एडीसीहरू त्यसबखत कहाँ थिए र के गरिरहेका थिए, डा। शाहीका अनुसार उनले नै एडीसीहरूलाई एम्बुलेन्स र डाक्टर ल्याउन खबर गरेका थिए र त्यसपछि एडीसीहरू उनीहरूलाई ‘बन्द गरिएको’ कोठाको झयालको ऐना फोरेर बाहिर आउन सक्ने तालिम प्राप्त एडीसीहरू गोली चलेको सुन्नासाथ चाहिं किन बाहिर आएनन् – उनीहरू बन्द कोठामा थिए भने कोठा बन्द गर्दा नै किन प्रतिवाद गरेनन् ?
- राजदरबारभित्र राजाको सुरक्षाको निम्ति भनी राखिएको हजारौंको संख्याको शाही सेना यो सब घटना घट्दा के हेरेर बसिरहेको थियो ?
- राजदरबारभित्रका भान्से र सेवा सुश्रुसामा रहेका अन्य व्यक्तिहरूको भूमिका के रह्यो रु उनीहरू घाइते भएका छन् कि छैनन् रु उनीहरू कुन अवस्थामा र कहाँ छन् ?
- राजपरिवारको उक्त काण्डमा गोली लागेकाहरूको स्वास्थोपचारमा मुख्य ध्यान नदिएर किन औपचारिकता र सुरक्षामा बढ्ता जोड दिइयो। राजदरबारबाट सबभन्दा नजिक रहेको र वीरेन्द्र सैनिक अस्पतालभन्दा पनि योग्य चिकित्सक एवं साधनस्रोत सम्पन्न शिक्षण अस्पताल महाराजगन्जमा किन घाइतेहरूलाई लगिएन – चिकित्सकलाई बाहिरबाट उपस्थित गर्ने क्रममा र साधनको अभावमा उपचारको प्रक्रिया ढिलो हुन जाने कुरालाई किन ध्यान दिइएन ?
- त्यत्रा विशिष्ट व्यक्तिहरूको उपचारको लागि विदेशबाट विशिष्ट चिकित्सकहरूलाई बोलाउने कार्य किन गरिएन ?
- मेडिकल रिपोर्टका अनुसार युवराज दीपेन्द्रको शव परीक्षणमा रक्सीको कुनै अंश पनि नरहेको बताइन्छ, वास्तविकता के हो ?
- युवराज दीपेन्द्रलाई देव्रे कन्चटमा र पछाडि गोली लागेको बताइन्छ। देव्रे कन्चटमा मात्रै गोली लागेको हो भने पनि त्यसले दीपेन्द्रले आफैंलाई गोली हानी आत्महत्या गरेको देखाउ“दैन, किनकि दीपेन्द्रको दाया“ हात चल्छ र दाया“ हात चल्ने व्यक्तिले आत्महत्याको लागि बाया“ हात चलाउने कुरा पत्याउन कसरी सकिन्छ रु त्यसैले दीपेन्द्रलाई गोली कहा“ लागेको थियो ?
- उक्त हत्याकाण्डमा मृत्यु हुनेहरूको शवको किन पोस्टमार्टम गरिएन रु यत्रो हत्याकाण्ड भएपछि त्यसको इमान्दारीपर्ूवक अनुसन्धान गर्ने हो भने पोस्टमार्टम अनिवार्य थिएन रु शिक्षण अस्पतालबाट त्यस विषयका विज्ञहरूलाई आउन सूचना गरेर पनि पछि किन आवश्यक छैन भनियो रु पोस्टमार्टम नगरी अन्तिम संस्कार गर्ने आदेश दिने व्यक्ति को हो रु किन त्यस्तो आदेश दिइयो ?
- राजदरबारभित्र रहेका उच्च सैनिक अधिकृतहरूसहित कतिपय सैनिकहरू र कतिपय कर्मचारीहरू हराइरहेको चर्चा भइरहेकै बेला राजधानीको सडक सामान्य रहेको बेलामा तेस्रो पटकको राति ९ बजेदेखि ३ बजेसम्मको कफ्र्यूको आदेशको उद्देश्य र अर्थ के हो रु पशुपति क्षेत्र वरपर कसैलाई जान नदिनुसँग यसको के सम्बन्ध हुनसक्छ ?
- उपचारमा खटिएका चिकित्सकहरूबाट प्राप्त जानकारीका आधारमा पत्रपत्रिकामा प्रकाशित भई जनमानसमा चर्चा भएअनुसार उक्त हत्याकाण्डमा घायल र मृत्यु हुनेहरूलाई चार प्रकारको गोली लागेको बताइन्छ। युवराज दीपेन्द्रले नै गोली चलाएको मान्ने हो भने पनि उनले दुवै हातमा दर्ुइथरि हतियार लिई गोली चलाउ“दा दर्ुइ प्रकारको गोली मात्र प्रयोग हुनसक्छ, त्यसो भए अरु गोलीहरू कहा“बाट आएका थिए रु के यसले एकभन्दा बढी व्यक्तिहरूबाट गोली प्रहार भएको देखाउ“दैन ?
- राजदरबारका प्रत्यक्षदर्शीर् भनिएका व्यक्तिहरू प्रारम्भमा किन चुप बसे र छानविन समिति बनेपछि हत्यारा दीपेन्द्र नै हो भनी एकपछि अर्को बयान जारी गरियो रु यसलाई हत्यारा दीपेन्द्र नै हो भनेर स्थापित गर्ने र आयोगलाई प्रभावित पार्ने षड्यन्त्र होइन भनेर कसरी भन्ने ?
- डा. राजीव शाहीले छानविन समिति बनिसकेपछि सैनिक अस्पतालमा पत्रकार सम्मेलन गर्न कसरी सके रु यो सेना प्रमुख वा त्यसभन्दा माथिल्लो स्तरको आदेशबिना सम्भव हुनै सक्दैन। त्यसैले डा। राजीव शाहीको पत्रकार सम्मेलन प्रायोजित थियो र अहिले सैनिक प्रधान कार्यालयले आफ्नो अनुमतिबिना डा। शाहीले पत्रकार सम्मेलन गरेकाले रुडा। शाही सेनाका डाक्टर हुन्० उनीस“ग स्पष्टिकरण माग गरिएको भनी गरिएको प्रचार पनि प्रायोजित हो भनेर किन नभन्ने ?
- यदि यो षड्यन्त्रयुक्त घटना होइन भने राजदरबारको उक्त जमघटमा भएको प्रत्यक्षदर्शीहरूले त्यस घटनाको वास्तविकताको जानकारी प्रम, सरकार र सम्बन्धित व्यक्तिहरूलाई समयमै दिएको हुनर्ुपर्दछ। त्यसका अतिरिक्त उपचारका लागि लगिएका घाइतेहरूले नै शुरुमा चिकित्सकहरूलाई हत्यारा को हो भनी जानकारी दिइसकेको र त्यस्तो जानकारी पाउनेमध्ये राजसभाका सदस्य डा। मृगेन्द्रराज पाण्डेसमेतको चर्चा छ। घाइतेहरूले जानकारी दिएका हत्यारा को हुन् रु के उनीहरूले पनि दीपेन्द्रलाई नै हत्यारा भनेका थिए रु यदि त्यसो हो भने राजसभाले दीपेन्द्रलाई कसरी राजा घोषित गर्यो त ?
- वर्तमान राजा ज्ञानेन्द्र घटना घटेको बेला पोखरामा रहेकोले प्रम गिरिजा नै घटनास्थलमा पुग्ने पहिलो सबैभन्दा अधिकारसम्पन्न व्यक्ति थिए। दरबारमा त्यत्रो हत्याकाण्ड भएपछि प्रमले किन तत्काल घटना घटेको भवन र कक्षहरूलाई शिलबन्दी गर्ने र घटना घटेको निश्चित क्षेत्रलाई विशेष सुरक्षा व्यवस्थाअर्न्तर्गत निगरानीमा राख्ने व्यवस्था गरेनन् ?
- प्रधान न्यायाधीशको अध्यक्षतामा गठन भएको छानविन समितिले किन आफ्नो अनुसन्धानको प्रक्रियामा किन विदेशी विशेषज्ञहरूको सहयाता लिन आवश्यक ठानिएको छैन रु कमसेकम उपचारमा खटिएका नेपाली चिकित्सकहरूले तयार पारेको मेडिकल रिपोर्टको जा“च गर्ने र त्यस आधारमा निस्कने निष्कर्षाई पुष्टि गर्न चिकित्सा क्षेत्रका विदेशी विज्ञहरूको अनिवार्य आवश्यकता देखिन्छ। आयोगले किन त्यसतर्फध्यान दिइरहेको छैन ?
- हत्याकाण्ड भएको लगत्तै भारतीय प्रधानमन्त्री अटलबिहारी वाजपेयीले यो हत्याकाण्ड षड्यन्त्र होइन भनी किटानीसाथ बोले। साथै भारतीय गृहमन्त्रीले पनि जेठ २७ गते त्यही कुरा दोहोर्याए। प्रधानमन्त्री र गृहराज्यमन्त्री दुवैले यस अवस्थामा नेपालमा राजनीतिक स्थिरताको आवश्यकता छ र त्यसको लागि जुनसुकै हदको सहयोग गर्न पनि भारत तयार रहेको बताए। भारतीय शासकहरूको यो अभिव्यक्तिले के जनाउ“छ रु कुनै पनि षड्यन्त्र नभएको भन्ने घोषणाले नै षड्यन्त्रको आभाष दिंदैन रु अनि यो हत्याकाण्डमा राजदरबारभित्रको राजनीतिक द्वन्दमा सापेक्षतामा उदार पक्ष लिने राजा वीरेन्द्र र उनको उत्तराधिकारीको मृत्यु हुनु र अनुदार पक्षका भनिने व्यक्तिहरू बा“च्नुलाई के संयोग मात्र मान्न सकिन्छ रु के यसले यो हत्याकाण्ड विदेशी प्रतिक्रियावादी शक्तिहरू तथा देशभित्रका चरम अनुदार तत्वहरूबाट भएको राजनैतिक षड्यन्त्र हुनसक्ने कुरातर्फसंकेत गर्दैन ?
राजदरबार हत्याकाण्डको बारेमा छानविन समिति गठन भएको सर्न्दर्भमा एकता केन्द्रले एक वक्तव्य प्रकाशित गरी सार्वजनिक गर्न माग गरेका प्रश्नहरु। यी प्रश्नहरु आजसम्म पनि अनुत्तरित रहेका छन्।
३. डा.पाण्डेसित अरुण सायमिको प्रश्न
राजदरबार हत्याकाण्डको पोस्टमार्टम
बुद्धको जन्मभूमि शान्तिप्रिय देश नेपाल जेठ १९ गते राजदरबारभित्र भएको विभत्स रक्तपातले आज विश्व मानचित्रमा रातो रगतले रंगिएको छ। नेपाललाई शान्तिक्षेत्र घोषणा गर्ने एउटा शान्तिप्रिय राजाको रगतले आज सारा नेपाल रक्ताम्य भएको छ। अत्यन्तै लोकप्रिय तत्कालीन युवराजाधिराज ९पछि महाराजाधिराज० श्री ५ दीपेन्द्रबाट यो हत्या भएको आरोप लागिराखेको भए पनि अधिकांश नेपाली जनताको हृदयले यसलाई स्वीकार्न सकेको छैन। गएको एक सातादेखि सारा नेपालीको मन र मस्तिष्कमा यही कुरा खेलिराखेको छ।
एउटा डाक्टरको रूपमा मेरो मन र मस्तिष्कमा पनि यही दुःखद् घटना दिनरात उठिराखेको छ। विशेष गरी यो घटनाका ‘मेडिकल’ पक्षहरूमा मेरो ध्यान केन्द्रित भएको छ।
कुनै पनि दुर्घटनामा प्राथमिकता र मुख्य लक्ष्य दुर्घटनामा परेकाहरूको नजिकैको र सबभन्दा सुविधा भएको अस्पतालमा लगेर उपचार गर्ने हुन्छ। जेठ १९ गतेको राजदरबारमा भएको दुर्घटनापछि सबैलाई वीरेन्द्र सैनिक अस्पताल छाउनीमा लगियो। वीरेन्द्र सैनिक अस्पतालभन्दा नारायणहिटी राजदरबार नजिकैको शिक्षण अस्पताल र वीर अस्पताल बढी सुविधायुक्त भए पनि सबैलाई सैनिक अस्पतालमा लगियो। यस्तो दुर्घटना हुँदा एक(एक मिनेटको पनि महत्त्व हुन्छ। सम्बन्धित चिकित्सकहरूका अनुसार वीरेन्द्र सैनिक अस्पतालमा ‘अपरेसन थिएटर’ र उपकरणहरूको कमी थियो। धेरै सामानहरू शिक्षण अस्पतालबाट मगाउनुपरेको थियो। राजपरिवारका सदस्यहरूको ‘ट्रली’ मा राखेर अस्पतालको खुला लवीसम्म अपरेसन गर्नुपरेको थियो।
यसरी यस घटनामा बिरामीहरूको स्वास्थ्यभन्दा सुरक्षा र गोपनीयतालाई नै बढी महत्त्व दिएको देखियो। शिक्षण अस्पतालको अपरेसन थिएटर र डाक्टरहरूलाई तम्तयार राखेर पनि त्यहाँ बिरामीहरू लगिएनन्, किन ?
मेरो मनमा उठिराखेको दोस्रो कुरा वीरेन्द्र सैनिक अस्पतालमा श्री ५ दीपेन्द्रलाई पुर्याउँदा उहाँको स्वास्थ्यस्थिति कस्तो थियो रु यस घटनाका प्रत्यक्षदर्शी डा। राजीव शाहीले आफ्नो अन्तरवार्तामा भन्नुभएको छ( श्री ५ दीपेन्द्रको अवस्था ‘क्लिनिकल्ली डेड’ थियो। वीरेन्द्र सैनिक अस्पतालमा गएका दुई चिकित्सकहरूले पनि श्री ५ दीपेन्द्र त्यहाँ ल्याउँदा ‘पुपिल्स फिक्स्ड एन्ड डायलेटेड’ थियो भनेका छन्। जसको मतलब ‘ब्रेन डेथ’ थियो भन्ने हुन्छ। कृत्रिम श्वासप्रणालीमा राखेरमात्र मुटु चलिराखेको थियो भनिन्छ। यतिबेला मलाई तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीलाई जीवनको अन्तिम क्षणमा शिक्षण अस्पताल ल्याउँदाको उहाँको स्थितिको सम्झना भइरहेको छ। उहाँको पनि ‘पुपिल्स फिक्स्ड एन्ड डायलेटेड’ थियो। कृत्रिम श्वासप्रणालीमा राखिएको थियो तर मुटु चलिराखेको थियो र ब्लडप्रेसर पनि थियो। उहाँको परिवारको इच्छाअनुसार मुटु चलेसम्म मैले उपचार चलाइराखें। त्यतिबेला मैले धेरै आलोचनाहरू सुन्नुपर्यो। मरिसकेको मनमोहनलाई डाक्टर अरूण सायमीले चुनावसम्म बचाउन कोसिस गर्यो भनेर मलाई आरोप लगाइयो। उपचार टोलीमा संलग्न डा। उपेन्द्र देवकोटालेसम्म मनमोहन ‘क्लिनिकल्ली डेड’ भनेर अन्तरवार्ता दिनुभयो। अहिले म सम्बन्धित चिकित्सकहरूसँग प्रश्न गर्न चाहन्छु( त्यतिबेला मनमोहन अधिकारीको र अहिलेको श्री ५ दीपेन्द्रको ‘न्युरोलोजिकल स्टाटस’ मा के फरक थियो – के श्री ५ दीपेन्द्रको ‘ब्रेन डेथ’ भएको छ कि छैन भनेर निश्चय गर्न ‘क्यालोरी टेस्ट र एपनिया टेस्ट’ गरिएको थियो ?
मेरो मनमा उठिराखेको तेस्रो प्रश्न म शाही हृदय चिकित्सक डा। मृगेन्द्रराज पाण्डेसँग राख्न चाहन्छु। शाही हृदय चिकित्सक डा। मृगेन्द्रराज पाण्डेको यस प्रसंगमा विशेष महत्त्व छ। उहाँ शाही चिकित्सक मात्र नभएर राजपरिषद्को सदस्य पनि हुनुहुन्छ। सुन्दछु, घाइतेहरूले वीरेन्द्र सैनिक अस्पतालमा ल्याउनासाथ यो हत्या कसले गरेको भनेर चिकित्सकहरूलाई बताइसकेका थिए। जुन बिरामी जीवन र मरणको दोसाँधमा हुन्छ उसले झुटो कुरा कहिल्यै बोल्दैन। एउटा चिकित्सकका अनुसार सायद डाक्टर मृगेन्द्रराज पाण्डेले पनि हत्या कसले गरेको भनेर सुरुमै थाहा पाइसक्नुभएको थियो। यदि हत्या श्री ५ दीपेन्द्रले गरेको भए राजपरिषद्ले हत्यारालाई किन राजा घोषणा गर्नुपर्यो रु चिकित्सक टोलीमा पनि सम्मिलित र राजपरिषद्का पनि सदस्य डा। पाण्डेले हत्यारालाई राजा बनाउँदा किन विरोध गर्नुभएन ?
हेर्दाखेरि सामान्य कुरा भए पनि यस घटनाले इतिहासको कालखण्डमा हामीलाई धिक्कार्नेछ। अनन्त कालसम्म सारा नेपालीले एउटा प्रश्न गरिरहनेछन् श्री ५ दीपेन्द्रले राजपरिवारको हत्या गरेको भए किन हत्यारालाई नेपाल अधिराज्यको राजा बनाइयो ?
एउटा डाक्टरको नाताले मेरो मनमा खेलिराखेको चौथो कुरा ‘पोस्टमार्टम’ सम्बन्धी हो। सुन्नमा आएको छ, घटनामा परी देहावसान हुने कसैको पनि ‘पोस्टमार्टम’ गरिएन। शिक्षण अस्पतालमा ‘फोरेन्सिक एक्र्सपर्ट’ हरूलाई बोलाएर पनि त्यसै फर्काइयो। बेलायतमा राजकुमारी डायनाको कार दुर्घटनामा देहान्त हुँदा ‘पोस्टमार्टम’ गरियो। सञ्चारमाध्यमलाई सबै कुरा तुरुन्त बताइयो। तर, नेपालमा मात्र किन सबै कुरा गोप्य राख्न खोजियो। हत्यारा को हो भनेर सत्य र तथ्य जान्नका लागि श्री ५ महाराजाधिराज ज्ञानेन्द्रबाट उच्चस्तरीय समिति गठन गरिबक्सेको छ। तर ‘पोस्टमार्टम’ नै नभएकाले सबै अनुसन्धान अधुरो हुनेछ। देशमा अनेक हल्लाहरू फैलिराखेका छन्( श्री ५ दीपेन्द्रको शरीरको पछाडि पनि गोली लागेको थियो रे – उहाँलाई अरू कसैले गोली हानेको छ रे – ‘पोस्टमार्टम’ भएको भए सबै नेपाली जनताले यसको सही र चित्तबुझ्दो जवाफ पाउने थिए होला।
सबै पार्थिव शरीरको शवपरीक्षा ९‘पोस्टमार्टम’० किन भएन रु ‘पोस्टमार्टम’ कसको आदेशबाट किन भएन, त्यसको उत्तर जनसमक्ष आउनुपर्दछ।अन्त्यमा नेपाली जनताले श्री ५ वीरेन्द्र र श्री ५ ऐर्श्वर्यलाई जत्तिकै श्री ५ दीपेन्द्रलाई पनि माया र आदर गर्छन्। आफूले यति माया र आदर गरेको श्री ५ दीपेन्द्रले आफ्नै मातापिता, भाइबहिनीको हत्या गर्लान् भनेर पत्याउन नेपाली जनताको हृदयले कहिल्यै सक्ने देखिँदैन।
यद्यपि असम्भव भन्ने कुरा मूर्खको शब्दकोषमा मात्र हुन्छ भनिन्छ। सत्य र तथ्य जे भए पनि नेपाली जनतालाई श्री ५ दीपेन्द्रले नै यो हत्या गरेको हो भन्ने विश्वास गर्न कठिन हुनेछ। ( सौजन्य - त्यतिबेलाको कान्तिपुर)
४.प्रतिवेदनमा शंका
‘नारायणहिटी हत्याकाण्ड’ इतिहासको गर्तमा
काठमाडौं। नेपाल अधिराज्यभित्र सबैलाई न्याय दिने गहन जिम्मेवारी बोक्नुभएका प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको संयोजकत्वमा बनेको दुइ सदस्यीय आयोगले समेत २०५८ साल जेठ १९ गते नारायणहिटी राजदरबारमा भएको ‘शाही संहार’ को कारण उजागर गर्न सकेन। यसैले ‘नारायणहिटी पर्व’को रहस्य अब इतिहासको जिम्मा लागेको छ। वर्तमान यसको जरो पहिल्याउन तर्सेको प्रतीत हुन्छ।
सुरुमा निर्धारित समयले नपुगेर समितिकै सिफारिशमा चार दिन थपिएपछि यसले यो हत्याकाण्ड पछाडिका एक-एक षड्यन्त्र पर्दाफास गर्छ कि भन्ने आशा पनि नरहेको होइन। किनभने यो समितिलाई उसले आवश्यक देखेका सबै मानिसहरूसूग सोधपुछ गर्नसक्ने कार्याधिकार दिइएको थियो। आ“ट गरेको भए यसले श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट समेत आवश्यक जानकारी लिन सक्दथ्यो।
जसरी यसपर्ूव विवाहलाई नै विवाद, तनाव र उत्तेजनाको माध्यमको रुपमा परिभाषित गर्दै आइएको थियो, भावी युवराज र आफ्नो भतिजा भएकाले त्यसप्रति मौसुफको कस्तो धारणा थियो – युवराजाधिराजबाट कहिल्यै सहयोगकोअपेक्षा व्यक्त भयो-भएन – मौसुफ सरकारबाट आफ्ना दाज्यू महाराजाधिराज र भतिजा युवराजलाई कस्तो सुझाव टक्र्याइबक्सेको थियो – राजपरिवारभित्र विगत महिना, दर्ुइ महिनायता ठूला विवादका विषय के भएजस्तो लाग्छ – भन्ने कुरामा महाराजाधिराजबाट जानकारी समेत लिन सक्दथ्यो समितिले। तर यो समितिले महाराजाधिराजसूग त्यो सहयोग लिने आ“ट त गरेन नै, बा“की जानकारी लिइएकाहरूसूग पनि घटनास्थलमा तत्काल भएको घटना विवरण र औषधोपचारमा मात्र आफूलाई केन्द्रित गर्यो। यसैले न्यायिक क्षेत्रसूग सम्बद्ध धेरै मानिसहरूले यो समितिको प्रतिवेदनलाई ‘र्सार्वजनिक मुचुल्का’को सांकेतिक नाम दिएका छन्।
अधिवक्ता सुशील पन्त भन्नुहुन्छ- ‘यति धेरै मानिससूग सोधखोज गरिसकेपछि प्रधानन्यायाधीशजस्तो यो मुलुकको गरिमामयी र सबैले विश्वास गरेको व्यक्तिको संयोजकत्वमा बनेको आयोगले आफ्नो निष्कर्षदिन सक्नर्ुपर्दथ्यो। अपराध अनुसन्धानमा पोख्त कानुन व्यवसायीहरूलाई समावेश गर्न नसकेको हुनाले उहा“हरूले नै कतिपय प्रश्नको जवाफ पाउनुभएन होला। त्यसैले आफ्नो दृष्टिकोण बन्न सकेन कि †’
त्यसो त यो समितिले घटनास्थलका प्रत्यक्षदर्शी र घाइतेहरूको उपचारमा संलग्न व्यक्तिहरुको बयानका आधारमा मात्र आफ्नो छानविन केन्द्रित गर्यो। केही कानुनविद्हरूको तर्क के छ भने दर्ुघटनाका पछाडिको कारण खोज्नेहरूले सिधै दर्ुघटनाबाट हात हाल्दैनन्। यसका लागि अपराध हुन र गर्न सकिने विभिन्न सिद्धान्तहरूमा काम थालिन्छ र हरेकलाई प्राप्त प्रमाणका आधारमा पुष्टि गर्ने प्रयत्न गरिन्छ। जुनमा प्रमाणको अभाव हुन्छ, त्यो फेल हुन्छ, अर्को स्थापित हुँदै जान्छ र जरोमा पुग्दछ। प्रत्यक्षदर्शीको बयान मात्र अपराध प्रमाणित हुँदैन र त्यसको जरो खोतल्न सकिँदैन। एक उच्च सरकारी अधिवक्ता भन्छन्, ‘ज्यान मारेको देख्ने कैयौँ हुन्छन् तर सबै मुद्दा प्रमाणित हुँदैन।’ त्यसैले कानुनमा प्रत्यक्षदर्शीको आफ्नै महत्व त हुन्छ तर त्यतिमात्र पर्याप्त हुँदैन। तर उच्चस्तरीय समितिले त्यसैलाई आधार बनाएको छ।
प्रमाणसग त्रास
उच्चस्तरीय समितिको प्रतिवेदन र समितिका सदस्यहरूको व्यवहारले अझै पनि एक, दर्ुइ कुरामा प्रश्न गर्ने ठाउँ राखिदिएको छ। प्रतिवेदन भन्छ, आफैँले कन्चटमा पेस्तोल हिर्काएर पुल छेउतिर अचेतावस्थामा लडिबक्सेको थियो। तर प्रश्न उठेको छ, आफैँले हतियार प्रयोग गरी आफैँ अचेत भएको व्यक्तिको हातबाट पेस्तोल फुत्केर कसरी पोखरीमा पुग्यो – भनिन्छ, मान्छे अचेतावस्थामा पुग्दा ऊ त्यसपर्ँव तत्काल सचेत हुँदा उसका हातमा जे थिए, सूगै रहन्छन्। आफैँले गोली हानेर अचेत भएको भए युवराजको हातमै पेस्तोल हुनुपर्ने थियो। त्यस्तै हाल छ कम्व्याट ड्रेसको। वीरेन्द्र सैनिक अस्पतालबाट प्राप्त सबुद-प्रमाणको सूचीमा एकजोर कम्व्याटको पनि उल्लेख छ। तर त्यो काटिएको छ वा छैन स्पष्ट खुल्दैन। अचेतावस्थामा अस्पताल भर्ना भएर शल्यक्रियासमेत भएको र ३ दिन लाइफ सपोर्टको माध्यमले जीवित राखिएको व्यक्तिको शरीरबाट नकाटिकन सो ड्रेस खोल्न सकिँदैन। किनभने उपचार गर्दा विरामीलाई सकभर कम पीडा होस् भन्नेमा डाक्टरहरुले ध्यान पुर्याएका हुन्छन्। त्यहाँबाट प्राप्त सूचीमा एउटा अण्डरवेयर काटिएको कुरा खुल्छ, तर कम्व्याटको कुरा खुल्दैन।
प्रत्यक्षदर्शीहरूले भनेजस्तो एक्लो श्री ५ दीपेन्द्रको हातबाट राजदरबार हत्याकाण्ड भएको हो भन्ने कुरालाई घटनास्थलमा प्राप्त वस्तुको प्राविधिक जा“च र घाइतेहरूको रगत लगायतका अन्य परीक्षणहरूले पुष्टि गर्न सकेनन्। त्यसैले घटना झनै रहस्यमय बन्न पुगेको छ। छानविन समितिले हालै र्सार्वजनिक गरेको प्रतिवेदनमा कतिपय बुँदाहरूले प्रत्यक्षदर्शीहरूको भनाइलाई उल्टै खण्डन गरिदिएको छ। साथै प्रतिवेदनका धेरै कुराहरू परस्पर बाझिएका पनि छन्।
घटनाका धेरै पाटाहरू अझै स्पष्ट खुलेको छैन। कसलाई कति गोली लागेका थिए भन्नेबारे उपचारमा संलग्न डाक्टरहरूको बयानमा एकमत देखिँदैन। कसैले दर्ुइवटा त कसैले चारवटा भनेका छन्। श्री ५ वीरेन्द्रको शरीरमा सबै चिकित्सकहरूले विभिन्न कोणबाट गोली लागेको संकेत गरेका छन्। वीरेन्द्र सैनिक अस्पतालले घटनाबाट मृत्यु हुनेको घाउ र चोटको स्थिति र मृत्युको कारणमा श्री ५ वीरेन्द्रको बाया“ कानबाट रगत बगेको, दाया“ कानबाट गोली लागी बाया“ कान अगाडि कन्चटबाट हड्डीहरू टुक्राटुक्रा भई छाला समेत च्यातिएको तथा रगत र गिदी बाहिर निक्लिएको जनाएको छ। साथै घा“टी, काखी र दाया“ कुहिनुमा गोली लागेको उल्लेख गरेको छ। श्री ५ ऐर्श्वर्यको टाउको, अनुहार क्षतविक्षत भएको करीब ८० प्रतिशत गिदी बाहिर निक्लिएको, टाउको पछाडिका हड्डी टुक्रा भई झुण्डिएका, आ“खा वरपरको हड्डी फुटेको, निधारमा प्वाल परेको, चिउँडोको हड्डी र दा“तहरू झरेका, छातीको माथिल्लो भागमा ६ वटा गोली लागेको, नीराजनको टाउकोको पछाडिबाट दर्ुइवटा गोली लागेको, दाया“ कानबाट रगत बगेको, दाया“ पाखुराबाट गोली लागेको, पेटमा ७ वटा गोली गडेका, बाया“ त्रि्रामा घाउ भएको, श्री ५ अधिराजकुमारी श्रुतिको देब्रेपट्टकिो नितम्बमा प्वाल परेको, घाउबाट रगत बगिरहेको, कम्मर नजिक गोली लागेको। श्री ५ शान्ति राज्यलक्ष्मी देवी सिंहको टाउको क्षतविक्षत भई पछाडिबाट गिदी निक्लिएको, धेरै ठाउँमा गोली लागेको, श्री ५ अधिराजकुमारी शारदाको घा“टी, कोवाटापरी गोलीहरू लागेर गलामा प्वाल परेको, चिउँडोको वाया“पट्टकिो हड्डी टुक्रा भएको। श्री ५ जयन्तीको बाया“ कन्चटबाट गिदी र हड्डीहरू टुक्राटुक्रा भई निस्किएको, पाखुराको हड्डी मासु क्षतविक्षत भएको, कुमार खड्गविक्रम दाया काखीबाट गोली लागेको, श्री ५ दीपेन्द्रको वाया“ कन्चटबाट गोली प्रवेश गरी दाया“ निस्केर गएको कुरा दर्शाएको छ।
त्यस्तै घटनास्थलबाट जुन ढंगले सबुत प्रमाण- बन्दुक, गोली, पोशाकहरू ल्याइयो, त्यसमा पनि अपराधशास्त्रीहरूको आपत्ति छ। नेपाल ल क्याम्पसमा अपराधशास्त्रको समेत अध्यापन गर्दै आउनुभएका अधिवक्ता सुशील पन्त भन्नुहुन्छ, ‘घटनास्थलका सबुत प्रमाण नियन्त्रणमा लिँदा, अपराधीले छाडेको निशानाहरू नष्ट नहुन् भनेर हातमा पञ्जा लगाएर प्लाष्टिकले टिप्ने गरिन्छ र पारदर्शी प्लाष्टिकभित्र त्यसलाई सुरक्षित गरी राखिन्छ। तर प्रतिवेदन र्सार्वजनिक गर्ने दिन सभामुख तारानाथ रानाभाटले हरेक हतियार आफैँले पर््रदर्शन गरेर देखाइदिनुभयो।’ यसलाई पनि शंकाले किन हेरिएको छ भने, यदि सबुत प्रमाणहरूले यसपर्ूव दोषीको आरोप लाग्दै आएका दीपेन्द्रलाई नै पुष्टि गरेको भए त्यसरी प्रमाण मेटिने र नासिने गरी त्यस्तो उच्च समितिले काम कारवाही गर्नु उचित हुन्थेन।
समय अस्वाभाविक छ
समितिले प्रतिवेदनमा उल्लेख गरेको समयलाई पनि अस्वाभाविक मानिएको छ। तत्कालीन युवराज दीपेन्द्रको ८ः३९ मा देवयानीसूग सर्म्पर्क भएको छ र ९ः१५ बजे शाही परिवारका तीनजना सदस्यहरू श्री ५ वीरेन्द्र, श्री ५ ऐर्श्वर्य र अधिराजकुमार नीराजन एकैसाथ मृत घोषित गरिएका छन्। ८ः३९ र ९ः१५ का बीचमा जम्मा ३६ मिनेट हुन्छ। प्रतिवदेनमा उल्लेख भए बमोजिम यो समयावधिमा युवराज दीपेन्द्रको देवयानीसूग टेलिफोन वार्ता भयो ३२ सेकेण्ड। त्यसपछि देवयानीले गजेन्द्रसिंह बोहरा र राजु कार्कीलाई फोन गरिन्। त्यसपछि गजेन्द्रले द्वारेआमा जमुना अधिकारी, अर्दली रामकृष्ण के.सी.लाई युवराजको सयनकक्षमा पठाएका छन्। कपडा खोल्न नसकेकोले उनीहरूले सघाएका छन्। केही समय त्यहा“ लाग्छ। त्यसपछि युवराज वाथरुममा वाकवाकी गर्न गएका छन्, केही समय त्यहा“ लाग्छ। फर्केपछि पनि उनी दुवैजनालाई सुत्न जान आग्रह गर्दछन्। त्यसको केहीपछि नै आर्मी कम्ब्याट लगाएर चारथरि हतियार लोड गरी जुत्ता लगाएर बाहिर निस्किए भनिन्छ। यसले थुप्रै समय खान्छ, अझ त्यस्तो व्यक्ति जो केही समय पहिले आफ्नो शरीरको कपडा खोल्न पनि नसकेर मडारिरहेको थियो, उसलाई कति समय लाग्यो होला – त्यसपछि ऊ फटाफट गएर गोली नै चलाएको छैन, तीनचोटी भित्र-बाहिर गर्दै चलाएको छ र अन्तिममा आफ्नो कोठाको भर्याङछेउ पुगेर आमाको हत्या गरी बगैँचामा फर्केर भाइको हत्या गरी आफू आत्महत्या गरेको छ। त्यो सबै सकिएपछि दरबारबाट झण्डै २०-२५ मिनेटको ड्राइभिङ दूरीमा रहेको अस्पताल पुर्याइएको छ। अस्पताल पुग्दाको अवस्थाका बारेमा राजाको ड्युटीमा रहेका क्याप्टेन पवन खत्री नै भन्दछन्- ‘हस्पिटलमा आ“खा हेरिबक्सेको थियो। पल्स चेक गरे ठीक थियो, अलिअलि ब्लिडिङ भइरहेको थियो, मैले कराएँ- सरकार ज्यूँदै होइसिन्छ, छिटो गरिस्योस् भनेर। हस्पिटल पुग्दा ड्युटीमा कोही थिएन- होहल्ला गरेपछि ड्युटीमा डाक्टरहरू आए।’ अर्थात् अस्पताल पुगेर तत्काल उपचार भएनछ। जीवित रहेको मान्छेलाई मृत घोषित गर्न केही समय त लाग्यो होला नि † तीनजना एकसाथ कसरी मृत घोषित हुन सके – यसलाई ‘क्रिमिनल रियाक्टमेन्ट’ अर्थात् त्यस्तै डमी दृश्यमञ्चन गरेर मात्रै पुष्टि गर्न सकिन्छ। यथार्थमा यो प्रतिवेदन प्रत्यक्षदर्शीको भनाइ मात्र हो- यसमा अकाट्य र विश्वसनीय प्रमाणको अभाव छ। वर्तमानले यसको रहस्य पत्ता लगाउन सकेन। यसको जिम्मा भविष्यको गर्भमा छोडिएको छ।
प्राविधिक परीक्षणमा दीपेन्द्र निर्दोष †
प्रत्यक्षदर्शीहरूले श्री ५ दीपेन्द्रले अल्कोहल, गा“जा र कालो पदार्थ सेवन गरेको बताए तापनि छानविन समितिले श्री ५ दीपेन्द्रको ब्रेनको अप्रेसन गर्दा अल्कोहल इत्यादि भेटिएन भने सहायक रथि डा. खगेन्द्रबहादुर श्रेष्ठलाई गरेको प्रश्नको जवाफमा भनिएको छ- ‘मैले डाक्टरहरूलाई सोद्धाखेरि अल्कोहलको पार्ट चाहिँ छैन। यसबारे थप जानकारी समितिले मागेको देखिँदैन भने यसलाई अझ भरपर्दो पार्न रक्त परीक्षण रिपोर्ट पनि समावेश गरेको छैन। श्री ५ दीपेन्द्रको अप्रेसनमा संलग्न डा. उपेन्द्र देवकोटा, डा. सुशीलकृष्ण शिल्पकार र डा. अच्युत शर्मा र एकजना एनेस्थेसियन डाक्टरसूग डा. खगेन्द्रबहादुर श्रेष्ठले रक्त परीक्षणबारे सोधपुछ गर्दा त्यस्तो केही छैन भनेका छन्। तर रिपोर्ट भने कसैले लेखेका छैनन्। प्रतिवदेनमा भनिएको छ। अन्य कुनै पनि स्वास्थ्य परीक्षण गरेको कुरा प्रतिवेदनमा उल्लेख छैन।
उच्चस्तरीय छानविन समिति घटनास्थलमा सबुत प्रमाणहरूको स्वतन्त्र छानविन गर्न पनि हिच्किचाएको देखिएको जस्तो देखिन्छ।
नेपालको वैज्ञानिक र विज्ञहरू उपस्थित राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठान -रोनाष्ट)को प्रयोगशालालाई घटनास्थलको सबुत प्रमाण परीक्षण गराउन उपयुक्त ठानिएन। घटनास्थलको निरीक्षण गर्न पनि रोनाष्टका विज्ञहरू बोलाइएनन्। बरु सुरक्षित ठानियो- नेपाल प्रहरी अर्न्तर्गतको विधि विज्ञान प्रयोगशालालाई सहयोग पनि त्यही कार्यरत कर्मचारीहरूबाटै लिइयो। प्रहरी सेवा अर्न्तर्गत भएको हुनाले यसमा शंका गर्न सकिने ठाउँ दिइएको छ। दुवैतिर परीक्षण गराएको भए, सो समितिको छानविन अझ बढी विश्वसनीय हुने थियो। रोनाष्टको प्रयोगशालाको अनुसन्धान प्रमुख डा. सेवकराम भण्डारी भन्नुहुन्छ, “ठूला घटना हुँदा परीक्षण र घटनास्थल निरीक्षणको जिम्मा हामीकहा“ आउँथ्यो। यसपटक यति ठूलो घटनाको जिम्मा नआएको देखेर हामी चकित परेका छौँ।”
भण्डारीका अनुसार घटनास्थलका हातहतियार, रगत, कपडा र रौँको परीक्षण गरेर दोषीहरू पत्ता लगाउन सकिन्छ। घटनास्थलको सुकेको रगत परीक्षण गर्दा पनि कसको रगत र त्यसमा अल्कोहल र अन्य लागूपदार्थको सेवन गरे नगरेको सजिलै छुट्याउन सकिन्छ। तर समितिको प्रतिवेदनमा समावेश प्रहरीद्वारा गरिएको परीक्षण रिपोर्टले यी सबै पक्ष केलाएको देखिँदैन। प्रहरीको रिपोर्टले पञ्जा प्रयोग भएका कारण घटनास्थलका हतियारमा फिंगर प्रिन्टस नरहेको जनाएको छ। जसको कारण क-कसले हतियार चलाए भन्ने कुनै भरपर्दो आधार छैन।
अझै अस्पष्ट
हस्पिटलको मेडिकल रिपोर्टले घाउचोटको स्थिति मृत्युको कारण यसरी छुट्याए तापनि पोष्टमार्टम नगरेका कारण कुन अंग ड्यामेज भएर मृत्यु भयो, घाउचोटको स्थिति के थियो – जस्ता वास्तविकता अझै अस्ष्ट हुन पुगेका छन्।
छिमेकी राष्ट्र भारतका प्रधानमन्त्रीद्वय इन्दिरा गान्धी र राजीव गान्धीको हत्या गरिँदा पनि इन्स्िटच्युट अफ अलइण्डिया मेडिकल फोरेन्सिक मेडिसिन विभागका प्रोफेसरहरूले पोष्टमार्टम गरेका थिए। त्यस्तै श्रीलंकाका राष्ट्रपति रणसिंघे प्रेमादासाको हत्या गरिँदा पनि अफिस अफ मेडिकल जुडिसियल अफिसरबाट पोष्टमार्टम भएको थियो। चिकित्सकहरू भन्छन्, यहा“ पनि हुनै आ“टेको थियो, खै, कसले के स्वार्थका लागि दिएन। मृत घोषित गरिसकेपछि चिरफार गर्न नहुने तर्कसूग चिकित्सकहरू सहमत छैनन्। उनीहरूको तर्क छ, मृत घोषित भइसकेपछि श्री ५ ऐर्श्वर्यको मुहारको प्लाष्टिक र्सजरी डा. के.डी. जोशीले गर्दा फरक पर्ने तर पोष्टमार्टम चाहिँ गर्न नहुने कसरी सान्दर्भिक हुनसक्छ – बडागुरुज्यू केशरीराज पाण्डेले समेत धार्मिक निष्ठाका कारणले पोष्टमार्टम गर्नुहुन्न भनी आफूले नबताएको जानकारी दिइसक्नुभएको छ।
पोष्टमार्टम विशेषज्ञ डा. हरिहर वस्तीले समितिलाई दिएको जवाफमा पोष्टमार्टम नगर्दा अपराध खुल्न नसक्ने र त्यसले अपराधीलाई लुक्न सहज गराउने जवाफ दिनुभएको छ। उहा“ले भन्नुभएको छ- “कुनै पनि अस्वाभाविक मृत्यु, …, शंकास्पद ज्यान र सबै अवस्थामा लाश जा“च गरेर प्रतिवेदन दिनु पर्ने भन्ने हाम्रो प्रावधान छ। त्यही अनुसार काम भैराखेका छन् र प्रश्नहरु आइरहन्छन् कि प्रष्टसंग सबैले देखेको दर्ुघटना छ त्यसमा लाश जा“च किन गराउने, त्यसै क्षत्विक्षत् भैसकेको छ मृत्युको कारण थाहा छूदैछ, जस्तै, मृत्युको कारण थाहा छूदैछ किन लाश जा“च गराउने भन्ने … पोष्टमार्टमको विश्वव्यापी जुन एउटा प्रयोग भैराखेको छ यो खाली मृत्युको कारणलाई मात्रै होइन यसले विविध धेरै कुरामा मद्दत गरिराखेको हुन्छ। एउटा मृत्युको कारण प्रमुख हो। त्यो देखि बाहेक मृत्युको समय, यसै अनुसन्धानबाट निश्कन्छ कुन समयमा मृत्यु भएको थियो भन्ने कुरो र विभिन्न इन्सिडेन्टहरु, घट्नाहरु हुन सक्छन् त्यो मृत्युमा। एउटा मात्रै घट्ना नभएर घट्नाको शिलशिलेवार हुन सक्छ। एकपछि अर्को के भयो भन्ने कुरो शिलशिलेवार पोष्टमार्टम … निक्लिदैन, निश्कर्षनिकाल्न सकिंदैन र त्यसैले अस्वभाविक घट्ना सबै किसिमको मृत्युमा लाश जा“च गर्नु अनिवार्य हुन्छ र विश्वव्यापी रुपमा गरिन्छन्। जस्तो बम एक्स्प्लोजनमा, … हरुमा … प्रष्ट छ, त्यसमा कुनै शंका छैन तर पनि लाश जा“च गरिन्छ। प्लेन क्र्यासमा जा“च गरिन्छ। आइडेण्टिफिकेशन लगायत व्यक्तिहरुको सनाखत लगायत अब किनभने यसले दर्ुघटनाको कारण पनि कतिपय अवस्थामा यसले निकाल्छ। किनभने यस्तो कतिपय अवस्थामा जस्तो प्लेन क्र्यासमा प्लेन एक्सिडेन्ट हुनुको कारण पोष्टमार्टम गरिसकेपछि सबै … पोष्टमार्टम गरिसके पछि पत्ता लाग्न सक्छ। ” पोष्टमार्टमले घटनाको सिलसिलेवारलाई पनि छुट्याउँछ तर त्यसो गरिएन। एउटै मानिसको शरीरमा गडेका तीन किसिमका खोका चिकित्सकहरूले अप्रेसन गरी बाहिर निकाल्दा पनि घटनाको यथार्थ र वास्तविकता प्रष्ट हुन सकेको छैन।
५.चक्र बास्तोलाको षडयन्त्र सिद्धान्त ।
भारत र अमेरिकाले मिलेर दरबार हत्याकान्ड गरेको रे
बजारमा बेच्नलाई राखेको उपन्यासका पात्रले त्यस्तो भनेको भए लौ त भन्नुहुन्थ्यो। तर अहँ, यो कुरा पूर्वमन्त्रीले भनेका हुन्। चक्रप्रसाद बाँस्तोला- जो दरबार हत्याकान्ड हुँदा परराष्ट्र मन्त्री थिए। एक जमानामा उनी भारतका लागि नेपालका राजदूतसमेत थिए। बाँस्तोलाले स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १३ औँ दिनको पुण्यतिथिमा नागरिक दैनिकले निकालेको विशेषाङ्कमा यस्तो बताएका हुन्। उनको यस्तो धारणालाई अहिले भारतीय मिडियाले पनि प्रचार गरिरहेको छ। टाइम्स अफ इन्डिया रअन्य भारतीय मिडियाहरुले यसलाई समाचार बनाएका छन्।
बाँस्तोलाले त्यो लेखमा दरबार हत्याकान्डबारे बताउँदै त्यसबेला गिरिजालाई समेत मार्ने षड्यन्त्र भएको बताएका छन्। जानकारका अनुसार गिरिजा आफैले पनि त्यो कुरा कसैलाई बताएका छन् रे। निकट भविष्यमा निस्कने कोइरालाको आत्मकथामा पनि यो विषयमा खुलासा हुने बताइएको छ। भारत र अमेरिका मिलेर दरबार हत्याकान्ड गरेको भन्ने आरोप अरु बेला पनि नलगाइएका हैनन्। दरबार हत्याकाण्डको छैटौं दिन माओवादी नेता डा. बाबुराम भट्टराईले कान्तिपुरमा लेखेको लेखमा त्यस्तो दाबी गरेका थिए। प्रचण्डले भने राष्ट्रियताको आन्दोलन चर्काउने क्रममा यस्तै यस्तै कुरा गरेका थिए। पूर्व अमेरिकी नौसैनिक अधिकारी वाइने र्याडसनले पनि मन्थली रिभ्यु पत्रिकाको सेप्टेम्बर २००२ को अंकमा दरबार हत्याकान्डमा अमेरिकी गुप्तचर एजेन्सी सीआईएको संलग्नता रहेको दाबी गरेका थिए। कहिले नखुल्ने रहस्यको रुपमा रहेको दरबार हत्याकान्डबारे बाँस्तोलाले पछिल्लो पटक के भनेका छन् त? हेर्न भित्र आउनुस्-
चक्र बाँस्तोलाले यस्तो लेखेका छन्-
राजदरबार हत्याकाण्ड भएको बेला म गिरिजाबाबुको मन्त्रिमण्डलमा परराष्ट्र मन्त्री थिएँ। त्यो राजदरबार हत्याकाण्डमा गिरिजाबाबुलाई समेत मार्ने षड्यन्त्र भएको रहेछ भन्ने निष्कर्षमा म पुगेको छु। त्यो भोजमा गिरिजाबाबुलाई पनि बोलाउने प्रस्ताव आएको रहेछ। राजाले ‘फेमिली म्याटर’मा नबोलाऔं। पछि परे बोलाऔंला’ भनेका रहेछन्। अर्को कुरा शवयात्रामा जाँदा शोभा भगवतीमा हामीमाथि ढुंगामुढा भयो। हामी भागेर हिँड्यौं। त्यहाँ ‘फायरिङ’ पनि भएको थियो, गिरिजाबाबुको गाडीमा। यसले के प्रश्न उठाउँछ भने राजदरबार हत्याकाण्डमा ठूलै मञ्चन भएको रहेछ। शाही सदस्यको हत्या गर्नेमात्रै होइन, गिरिजाबाबुलाई समेत मार्ने षड्यन्त्र भएको रहेछ।
त्यसको पछाडि को होला?
राजनीतिले गडफिलिङ भन्छ, सामाजिक अनुसन्धानमा ‘र्यासनल’ चाहिन्छ। मलाई चाहिँ के लाग्छ भने यो भारतीय र अमेरिकीहरूको संयुक्त योजना हो। किनभने, नेपालमा भारतीय संलग्न नभई केही गर्नै सकिँदैन। र, अमेरिका यति ठूलो विश्वशक्ति छ, उसको जानकारीविना केही हुँदैन। त्यसकारण दुवै संलग्न छन्।
नेपालको अन्तर्राष्ट्रिय भु-राजनीति नै यस्तो छ। अमेरिकी र भारतीयले ज्ञानेन्द्रलाई समेत प्रयोग गरे। कुन उद्देश्यका लागि? राजा वीरेन्द्र अलिकति राष्ट्रवादी रहेछन्। कांग्रेसको नेतृत्व पनि राष्ट्रवादी र लोकतान्त्रिक रहेछ भनेर यो पूरै धारलाई मार्न खोजिएको हो। तर, यस सम्बन्धमा गिरिजाबाबुसँग मेरो चर्चा भएन। उहाँले ‘ग्र्यान्ड डिजाइन’ भन्नुभयो। धेरै मानिसले यो गिरिजाबाबुले ‘सत्ता प्राप्तिका लागि प्रयोग गर्नुभएको अस्त्र हो’ भनेर बुझ्छन्। तर, कुरो त्यस्तो होइन। यी प्रमाणित गर्नेभन्दा पनि बुझ्ने कुरा हुन्। कोसँग के कुरा भयो भनेर उहाँले कहिल्यै बताउनुभएन। दोस्रो, नेपालको राजनीति कस्तो छ भने अन्तर्राष्ट्रिय स्वार्थ २४ सै घन्टा खेलिरहेको देखिन्छ। उहाँका गतिविधि पनि त्यसैबाट प्रभावित भएका होलान्।
कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you