Mero Samay

  • Latest News

    Oct 10, 2015

    एभिन्युजका राजु श्रेष्ठ र क्यामेरा पर्सन जियालाल साहमाथि आक्रमण |


    ब्यूरो प्रमुख राजु श्रेष्ठ र क्यामेरा पर्सन जियालाल साह

    वीरगन्ज २३ असोज
    एभिन्युज टेलिभिजनका वीरगन्ज ब्यूरो प्रमुख राजु श्रेष्ठ र क्यामेरा पर्सन जियालाल साहमाथि शुक्रबार साँझ आक्रमण भएको छ । मधेस आन्दोलनका सम्बन्धमा आदर्श चोकबाट
    साँझ ७ स्३० बजे  टेलिभिजनमा लाईभ रिपोर्टिङ गरिरहेका बेला श्रेष्ठ र साहमाथि आक्रमण भएको हो । श्रेष्ठले आज वीरगन्जमा मधेसी मोर्चाबाट भएको प्रदर्शनका सम्बन्धमा जनताको प्रतिक्रिया लिइरहेका थिए । प्रदर्शनमा सहभागी हुन गाउँबाट आएको एक समूहले एक्कासि आक्रमण गरेको श्रेष्ठले बताए । श्रेष्ठ र साहलाई कुटपिट गरिएको छ । उनीहरु ज्यान जोगाउन भागेर एक सटर भित्र लुकेका थिए । त्यहाँ पनि आक्रमणको प्रयास गरिएको थियो । प्रहरी आएर लाठी चार्ज गरेर आक्रमणकारीलाई भगाएर पत्रकारद्वयलाई उद्धार गरेको हो । 
    • Blogger Comments
    • Facebook Comments
    Item Reviewed: एभिन्युजका राजु श्रेष्ठ र क्यामेरा पर्सन जियालाल साहमाथि आक्रमण | Rating: 5 Reviewed By: Mero samay
    Scroll to Top