Mero Samay

  • Latest News

      Sep 4, 2015

      यो हो दुनियाकै सर्वाधिक शक्तिशाली डिजिटल क्यामेरा

      Camera1
      म सँग त निकै उच्च गुणस्तरको तथा शक्तिशाली क्यामेरा छ भन्दै फुइँ लगाउँदै हुनुहुन्छ ? त्यसो हो भने अब चुपचाप बसे जाति । अझ तपाइँको क्यामेराफोनलाई त यसले लाजमर्नु नै बनाउला । किनकी वैज्ञानिकहरुले विश्वमा अहिलेसम्मकै सबैभन्दा शक्तिशाली डिजिटल क्यामेरा निर्माण गर्दैछन् ।
      कस्तो होला त त्यो क्यामेरा ? अनि कसले प्रयोग गर्ला त ? यो जिज्ञासा रहनु स्वभाविकै हो । अन्तरीक्षको अध्ययन गर्ने दुरविन, लार्ज साइनोप्टिक सर्भे टेलिस्कोपमा रहने यो ३.२ गिगापिक्सेलको यो क्यामेराले खिचेको तस्वीर यति विस्तृत हुनेछ की एउटै तस्वीरलाई देखाउनका लागि १५ सयवटा हाइ डेफिनेसनवाला टेलिभिजन स्क्रिनको आवश्यकता पर्नेछ ।
      यो क्यामेराको आकार झण्डै एउटा कारको जत्रै हुनेछ । यसको तौल झण्डै ३ टन रहने छ । यो क्यामेरा अहिलेसम्म बनेका मध्ये सबैभन्दा ठूलो तथा गह्रौँ क्यामेरा पनि हुनेछ ।
      Camera2
      यो क्यामेराको सहायताले लार्ज साइनोप्टिक सर्भे टेलिस्कोपले ब्रम्हाण्डको निकै विस्तृत तस्वीर खिच्न सक्नेछ अनि खगोलिय अध्ययनमा नयाँ अध्याय थपिने विश्वास गरिएको छ ।
      यसबाट प्राप्त तथ्यहरुको आधारमा खगोलविदहरुले आकाशगंगाहरुको निर्माणको अध्ययनका साथै हानिकारक क्षुद्रग्रह पत्ता लगाउन सक्नेछन् । त्यसका साथै विस्फोट भइरहेका ताराहरुको अवलोकनका साथै ब्रम्हाण्डको ९० प्रतिशत भाग ओगट्ने रहस्यमय कालो छिद्रका साथै कालो उर्जाको बारेमा बुझ्न समेत थप मद्दत मिल्ने विश्वास गरिएको छ ।
      यो क्यामेरालाई अन्तरीक्षमा पठाइनेछ र यो लार्ज साइनोप्टिक सर्भे टेलिस्कोपको मुटुको रुपमा रहनेछ । उक्त दूरवीन ८.४ मिटर लामो हुनेछ, जुन अहिले चिलीमा निर्माण भैरहेको छ ।
      अमेरिकाको उर्जा विभाग अन्तरगतको एसएलएसी नेसनल एक्सलेरेटर ल्याबोरेटरीले विश्वकै सबैभन्दा ठूलो र शक्तिशाली यो क्यामेराको निर्माण थालनी गर्न स्विकृति दिएको छ ।
      Camera 3
      १ सय ८९ वटा सेन्सर रहने यो क्यामेराको रिजोलुसन ८ लाख वटा ८ मेगापिक्सेलका क्यामेरा बराबर रहेको छ । साथै यसमा फिल्टर चेंजिंग प्रणालीका साथै विभिन्न तरंग गतिका प्रकाश अवलोकनका लागि सटर पनि रहेको छ ।
      अबको पाँच वर्षभित्रमा यो क्यामेराको निर्माण सम्पन्न गरी यसको परीक्षण गर्ने योजना गरेको छ । अमेरिकाको क्यालिफोर्नियास्थित एसएलएसी नेसनल एक्सलेरेटर ल्याबोरेटरीको दुइतले सफा कोठामा यसको निर्माण भएर परीक्षण हुनेछ र पछि त्यसलाई दुरविनमा स्थापित गरिनेछ ।
      Camera4
      सन् २०२२ बाट क्यामेरा तथा दुरविनले आफ्नो १० वर्षे मिसन सुरु गर्नेछन् र हरेक रात पूरै दक्षिण आकाशको डिजिटल तस्वीर खिच्नेछन् । त्यसबाट प्रतिवर्ष ६० लाख गिगाबाइट तस्वीर डाटा संकलन हुने अपेक्षा गरिएको छ र अहिलेसम्म नदेखिएका तारा तथा ग्रहहरु देखिने आशा छ ।


      कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
      • Blogger Comments
      • Facebook Comments
      Item Reviewed: यो हो दुनियाकै सर्वाधिक शक्तिशाली डिजिटल क्यामेरा Rating: 5 Reviewed By: Mero samay