Mero Samay

  • Latest News

      May 4, 2015

      अस्ट्रेलियाले १ अर्ब सहयोग गर्ने घोषणा

      अस्ट्रेलिया
      अस्ट्रेलिया
      22 वैशाख, काठमाडौं ।  विनाशकारी महाभूकम्पबाट पीडितलार्इ अस्ट्रेलिया सरकारले १० मिलियन डलर अर्थात करिब एक अर्ब रूपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
      नेपालका लागि अस्ट्रेलियन राजदूताबासले मंगलबार विज्ञप्ती जारी गर्दै उक्त सहयोग उपलब्ध गराउने जानकारी दिएको हो ।  नेपालका प्रमुख भूकम्प प्रभावित क्षेत्रका जनतालाई खाद्य सुरक्षा, स्वास्थ्य, आश्रय, पानी र सरसफाइमा उक्त रकम प्रयोग हुने बताइएको छ ।
      दूताबासका अनुसार सो सहयोग गोरखा जिल्लास्थित दूतावासको साझेदार संस्था केयर नेपालमार्फत खर्च हुनेछ । दुर्इ देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउन र संकटमा रहेको नेपालमा राहत तथा पुनःस्थापनाका काममा सहयोग गर्न सहयोग उपलब्ध गराएको राजदूताबासले जनाएको छ ।


      कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
      • Blogger Comments
      • Facebook Comments
      Item Reviewed: अस्ट्रेलियाले १ अर्ब सहयोग गर्ने घोषणा Rating: 5 Reviewed By: Mero samay