चैत्र २९ पर्सा
वीरगंज उप महानगरपालिका ७ स्थित किसनलाल कपडा पसलका साहु रामटोल ९ बस्ने ४९ वर्षिय महेश कदमिया माथि अज्ञात व्यक्तिद्वार बम र गोलि प्र्रहार गरेको छ ।
कादमिया आफनो कपडा पसलमा बसिरहेको बेला एक व्यक्तिले उनलाई झोलामा रहेको २ वटा सुतली बम उनि माथि प्रहार गरेको थियो । बम नपडकिएपछि ति व्यक्तिले बन्दुक निकाली कादमिया माथि गोलि प्रहार गरेको प्रत्यक्षदर्सिले बताएको छ । भने बम तथा गोलि प्रहार गर्र्ने व्यक्तिलाई स्थानियवासिले पक्राउ गरि प्रहरीलाई बुझाएको हो । यता कादमियाको दाहिने तिघ्रामा गोलि लागेको छ उनको उपचार वीरगंज स्थित नारायणी उपक्षेत्रिय अस्पतालममा भईरहेको छ । घटना घटेको केहिबेर मै प्रहरीले वीरगंजको विभिन्न स्थानमा चेकजाँच सुरु गरेको थियो ।
यस प्रकारको घटनाले यहाँँका स्थानियवासिन्दा तथा व्यापारीमा एक किसिमको भय छाएको छ, फेरी पनि वीरगंजमा व्यवसायि तथा उधोगपतिहरु त्रासमा वस्नु पर्ने त होइन् ?
कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.