Mero Samay

  • Latest News

      Aug 3, 2014

      नेपालीले रगत नबगाइ भारतले कुनै लडाइ जितेको छैन : मोदी

      भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

      १८ साउन, काठमाडौं ।
       भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले व्यवस्थापिका संसदमा सम्बोधन गर्दै नेपाल र नेपालीको खुलेर प्रशंसा गरेका छन् । मोदीले नेपालीमा सम्बोधन सुरु गरेका थिए । भारत र नेपालको सम्वन्ध हिमालय र गंगा जस्तै पुरानो रहेको भन्दै मोदीले नेपाली बहादुरहरुले रगत नबगाइ भारतले कुनै लडाइ नजितेको बताए ।
      ‘हिन्दुस्तानले कुनै लडाइ जितेको छैन, जुन जितसँग कुनै नेपालीको रगत नबगेको होस्’ मोदीले यसो भन्दा सभासदले ताली बजाएका थिए । लगतै उनले भने( भारतको स्वाभिमान र रक्षाका लागि नेपालका बहादुरहरु मार्न र मर्न पछि परेनन्, आज म उनीहरुलाई अभिवादन गर्न चाहन्छु ।’
      कुनै भारतीय सैनिकले म मृत्युसँग डराउँदिन भन्यो भने भने कि त उसले झुटो बोलेको हुने कि गोर्खा हुने भनेर भारतीय सेनाका फिल्ड मार्सनले आफूलाई भनेको मोदीले संसदमा सुनाएका छन् । ‘उनी भन्थे, कोइ सेनाका जवाफ म मृत्युसँगै डराउँदिन त मान्नुस्, या त उ झुट बोलिरहेको छ वा उ गोर्खा हो’ मोदीले भने(’यदि गर्खाले म मृत्युसँग डराउँदिन भन्छ भने त्यो सत्य हो ।’

      कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
      • Blogger Comments
      • Facebook Comments
      Item Reviewed: नेपालीले रगत नबगाइ भारतले कुनै लडाइ जितेको छैन : मोदी Rating: 5 Reviewed By: Mero samay