Mero Samay

  • Latest News

      May 5, 2014

      एसीसी प्रिमियर लिग – नेपालको तेस्रो जित, नेपालद्धारा हङकङ ७ विकेटले पराजित


      २२ बैशाख, काठमाडौं । 
      मलेसियामा जारी एसीसी प्रिमियर लिगमा नेपालले  हङकङलार्इ ७ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ ।
      सुरूमा १ सय ८२ रनको लक्ष्य पाएको नेपालले वर्षातले प्रभावित भएपछि डीएल मेथोडका आधारमा  ३८ ओभरमा छोट्याइएको खेलमा १ सय ४४ रनको लक्ष्य पाएको थियो । नेपालले पाएको नयाँ लक्ष्य ३ विकेटको क्षतिमा ३४ दशमलब १ ओभरमा भेट्टाएको हो।
      नेपालका लागि जित दिलाउने क्रममा पारस खड्काले कप्तानी पारी खेले । उनले ५२ बलको सामना गर्दै ४३ रन जोडी नट आउट रहे । त्यसैगरी नरेश बुढाऐरले ८६ बलको सामना गर्दै ४१ रन बनाउन सफल भए ।
      कप्तान पारस खड्कासँग साझेदारी गर्दै नट आउट रहेका शरद भेसवाकरले ३३ बल खेल्दै १९ रन बटुले । त्यसैगरी ज्ञानेन्द्र मल्लले १० बल खेल्दै १५ रन जोडे । साभार अनलाईन खबर







      कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you
      • Blogger Comments
      • Facebook Comments
      Item Reviewed: एसीसी प्रिमियर लिग – नेपालको तेस्रो जित, नेपालद्धारा हङकङ ७ विकेटले पराजित Rating: 5 Reviewed By: Mero samay