Mero Samay

  • Latest News

      Apr 2, 2014

      ट्रकको बर्डिमा लुकाई राखको अवस्थामा दुइ सय किलो लागु औषध चरेस सहित एक पक्राउ l


      विरगंज,चैत्र १९
      इलाका प्रहरी कार्यालय जितपुर बाराले नया शैलिमा लागु औषध चरेसको अबैध रुपमा तस्करी हुने गरेकोे सहस्य सार्वजनिक गरेको छ ।
      लामो समयको प्रयास पछि इलाका प्रहरी कार्यालय जीतपुर बाराले नया शैलिमा ट्रकमा अबैध रुपमा लुकाइ छिपाइ तस्करी गरी लैजँदै गरेको अवस्थामा मंगलवार दुइ सय एक किलो परिमाणको अबैध लागु औषध चरेस सहित एक जना कारोवारीलाइ पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जीतपुरबाट प्रहरी नायव निरिक्षक अरुणकुमार कुशवाहाको नेतृत्वमा गएको प्रहरी टोलीले बिषेश सुचनाको आधारमा बिरगंज–पथलैया सड्क खण्ड अन्तरर्गत जिल्लाको भवानीपुर जीतपुर गाबिस वडा नं.३ स्थित गढीमाइ मंदिरको अगाडि हेटोंडाबाट विरगंज तर्फ जादै गरेको ना.३.ख.६३८० नं.को ट्रकलाइ रोकेर चेक–जँच गर्दा कसैले चाल नपाउने गरी ट्रकको बर्डिमा फल्स् बटम (अन्डर ग्राउन्ड सिस्टम) बनाइ लुकाई राखको अवस्थामा उक्त परिमाणको चरेस र ट्रक सहित भारतीय सिमावर्ती शहर रक्सौल स्थित मौजे निवासी बर्ष ३० का सेराज आलमलाई पक्राउ गरिएको प्रहरी नायव निरीक्षक कुशवाहाले बताउनु भयो । लग भग एक महिनाको अथक प्रयास पछि आज यो सफल्ता हात परेको बताउदै चरेसका मुख्य कारोवारीलाइ पनि छिटै समात्ने प्रहरी नायव निरीक्षक कुशवाहाले बताउनु भयो । तस्करीका लागि प्रयोग गरिएको सो ट्रकको फल्स् बटम प्रहरीले खोलेर हेर्दा आठ वटा प्लाष्टिकको बोरामा एक–एक किलोको १ सय ४४ वटा पोका र ५ सय ग्रामको १ सय १४ वटा चरेसको पोकाहरु फेला परेको हो ।




      कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you
      • Blogger Comments
      • Facebook Comments
      Item Reviewed: ट्रकको बर्डिमा लुकाई राखको अवस्थामा दुइ सय किलो लागु औषध चरेस सहित एक पक्राउ l Rating: 5 Reviewed By: Mero samay