Mero Samay

  • Latest News

    Aug 3, 2016

    डेब्युमै सफल, लामा भन्छन् : अब नजर चलचित्रमा

    भानुभक्त आचार्य 
    हरितालिका तिज नजिकिदै गर्दा अहिले लोक बजार तिज मय बनेको छ । चर्चित लोक गायक गायिकाहरु तिजका गितमा केन्द्रित छन् । उता नृत्य निर्देशकहरुलाइ पनि भ्याइनभ्याई छ  । छोटो समयमा धेरै म्युजिक भिडियो निर्माण गर्नु पर्ने हुदा यो समयमा अन्य कामको लागि पनि समय निकाल्न गाह्रो हुन्छू निर्देशक अनिश लामाले बताए । 
    लामा पछिल्लो समय रोजाइमा परेका र बेस्त निर्देशकमा गनिन्छन् । उनले भने तिजको बेला ४ वटा सम्म म्युजिक भिडियो एक दिनमा निर्माण गरेको छुू । 
    बुधबार मात्र उनले हेमराज थापाको तिज गित ललिपप सम्पन्न गरे । हेमराज थापा र सिर्जु अधिकारीको स्वरमा रहेको गित सम्पन्न गर्दै लामाले भने यो गित सारै नै उत्कृष्ट बनेको छू । 
    उनले यसै बर्षको तिज बाट म्युजिक भिडियो निर्माणमा डेब्यु गरेका थिए । डेब्युमै राम्रो सफलता हात परेपछि अहिले उत्साहित रहेको उनि बताउछ्न् । लामाले पहिलो  बर्ष  मात्रै २१ वटा म्युजिक भिडियो निर्देशन गरिसकेका छन् । उनले डेब्युमै रश्मि तामाङ,पार्बती राई,बिजय थापा , नरेश जोगि लगाएतका चर्चित मोडेललाई म्युजिक भिडियोमा उतारेका छन् ।
    काभ्रे बाट काठमाडौं आएर संघर्ष गरेका लामा म्युजिक भिडियो पछि चलचित्र क्षेत्र प्रवेशको बाटो कुरिरहेको बताउँछन् । उनी भन्छन् ूअब चलचित्रमा काम गर्ने धोको छू ।

    • Blogger Comments
    • Facebook Comments
    Item Reviewed: डेब्युमै सफल, लामा भन्छन् : अब नजर चलचित्रमा Rating: 5 Reviewed By: Mero samay
    Scroll to Top