भाद्र ४ पर्सा
विशेष सुचनाको अधारमा जिल्ला प्रहरी कार्यलय पर्साले गएराति एक मालबाहक ट्रकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान विभाग मध्यमान्चल क्षेत्रिय कार्यालय पथलैया बारामा पठाइएको छ । वीरगंज भन्सार कार्यालयवाट भन्सार गरी भन्सार प्रज्ञापनपत्र भन्दा बढी समान लोड गरी लगिरहेको सुचनाको अधारमा प्रहरील ना.२ ख ७१०९ नं. को ट्रकलाई बीरगंज वडा नं.१९ स्थित बाईपास सडकमा नियन्त्रणमा लिएको थियो । आज उक्त समान सहितको ट्रक आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग मध्यमान्चल क्षेत्रिय कार्यालय पथलैया बारामा पठाइएको जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी उपरिक्षक धिरज प्रताप सिहंले जनाकारी दिनु भएको छ ।