Mero Samay

  • Latest News

    Jan 14, 2016

    भारतबाट धान नआउने भएपछि ‘राइसमिल’ लाई थप संकट

    जियालाल साह
    पौष ३० पर्सा
    नाकाबन्दी मधेशमा जारी आन्दोलनले संकटमा रहेका तराईका धान मिलहरु धान निर्यात नगर्ने भारतको निर्णयले थप संकटमा परेका छन्  
    बन्दको क्रममा बारा, पर्सामा रहेका २५० भन्दा बढी चामल मिलहरु धरापमा परेका छन् महाभुकम्प, मधेश बन्द नाकाबन्दीले भन्दा भारतले नेपालमा निर्यात गर्दै आएको चामलका लागि कच्चा पदार्थधानप्रतिबन्ध लगाएको परिपत्रले गर्दा चामल मिलका सञ्चालकहरु ठुलो संकटमा परेका छन्
    भारत सरकारको डिजिएफटि ९डाईरेक्टोरेट जेनरल अफ फरेन ट्रेड ले भारतबाट नेपालमा धान निर्यात गर्न प्रतिबन्ध लगाउँदै परिपत्र गरेपछि नेपालका धान मिलहरु संकटमा परेको दाल चामल तेल व्यवसायी संघका केन्द्रीय सल्लाहकार एवम् उद्योग वाणिज्यसंघ पर्साका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ताले बताए
    बारा पर्सामा रहेका करिब २५० धान मिल ९राइसमिल० हरुलाई जारी आन्दोलनको अवधिभरमा करिब रु १० अर्ब नोक्सानी भईसकेको बताउँदै उद्योगी गुप्ताले थपे, “हामीले अधिकांश धान भारतबाटै आयात गरेर देशभर चामल सप्लाई गर्छौं, अब उताबाट धान नआउने भए उद्योग नै बन्द गर्नुपर्ने अवस्था आउँछ
    यसवर्ष मौषमी प्रतिकुलता आन्दोलनका कारण तराईमा धान उत्पादन लक्ष्यको २५ प्रतिशतभन्दा कम उत्पादन भएको कृषि कार्यालयका धान विशेषज्ञ श्याम सुन्दर बताउँछन्
    नाकाबन्दी आन्दोलनका कारण कृषि यन्त्र सञ्चालन गर्न इन्धनको अभाव, मलखादको अभावका साथै मौषमले समेत साथ नदिएपछि उत्पादनमा कमी आएका बेला भारतबाट समेत आयत हुन नसक्ने भएपछि मिल सञ्चालकहरु मर्कामा परेको हुन् जस्को असर उपभोक्ताहरुसम्म पर्नेछ । कृषि कार्यालय पर्साले जिल्लामा लाख ७५ हजार टन धान उत्पादन हुने अपेक्षा गरिएकोमा लाख ३२ हजार टन मात्रै उत्पादन भएको   भारत सरकारको डिजिएफटिले नेपालमा धान पठाउन प्रतिबन्ध लगाएपनि चामलका लागि पनि लगाएको छैन   बारा पर्सामा मात्रै राइसमिलहरुमा खर्बौंको लागानी भएको जानकारी दिंदैे शिवम् एण्ड एग्रो ईन्डष्ट्रिज प्रा।लि।का प्रबन्ध निर्देशक शिवजि प्रसाद कलवारले भारतको निर्णयले नेपालका राईसमिलहरुको लगानी डुब्न लागेको बताए

    तराईमा उत्पादित धानले देशको कुल खपतको ४० देखि ४५ प्रतिशत आपूर्ति गर्छ भने बाँकीे ५५ प्रतिशत धान भारतबाट आयात हुन्छ
    भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा रु २५ अर्ब २५ करोड बराबरको लाख ३६ हजार टन धान कच्चा पदार्थको रुपमा केही चामल भारतबाट आयात भएको थियो
     
    वीरगंजबाहेक अन्य नाकाबाट इन्धनका साथै अन्य कृषि उत्पादन नेपालतर्फ भित्रिए पनि कुनैपनि नाकाबाट अहिलेसम्म धान बोकेका सवारी साधनहरु नआएको चाँदनी खाद्य उधोगका सञ्चालक विनोद गुप्ताले बताए
    उनले भने, “सामान्यतया कात्तिकपछि महिनासम्म भारतबाट धान आयत हुने गथ्र्यो तर, यसपटक पुसको अन्तिमसम्म पनि धान बोकेको एउटा ट्रक आएको छैन्
    उनले भारतीय अधिकारीहरुसँग बुझ्दाधान पाइँदैन, चामल लैजाउभन्ने जवाफ पाइएको बताए
    (जियालाल साह, वीरगञ्ज ) हिमालखबर

    • Blogger Comments
    • Facebook Comments
    Item Reviewed: भारतबाट धान नआउने भएपछि ‘राइसमिल’ लाई थप संकट Rating: 5 Reviewed By: Mero samay
    Scroll to Top