Mero Samay

  • Latest News

      Sep 28, 2015

      एपी वान टिभीले माग्यो १ सय ३६ टेलिभिजनकर्मी


      काठमाडौँ : सञ्चालनको तयारीमा रहेको एपी वान टेलिभिजनले १ सय ३६ मिडियाकर्मी मागेको छ। अन्नपूर्ण मिडिया नेटवर्कले सञ्चालनमा ल्याउन लागेको टेलिभिजनले विभिन्न विधामा रोजगारी खुलाएको हो।

      टेलिभिजनले नजिता दिनसक्ने, क्षमतावान, सामुहिक रुपमा काम गर्न सक्ने कर्मचारी खोजेको जनाएको छ। एपी वान टिभीले २५ रिपोर्टर सहित समाचार कक्षमा ५८ जना र अनुसन्धानमा ५ जना तथा दृश्य सम्पादनमा ५ जना, कार्यक्रम उत्पादन तथा प्रस्तुतीमा ३८ जना तथा प्राविधिक २१ जना माग गरेको हो। आवेदनका लागि योग्यता भने खुलाएको छैन। टेलिभिजनले सात दिन भित्र आवेदन दिन भनेको छ।

      साथै नेपाली मिडिया इतिहासमै पहिलोपटक विदेशमा समेत संवाददाता माग गरेको छ। टेलिभजनले अमेरिका, जापान, बेलायत, अष्ट्रेलिया, मलेसिया कोरिया र अन्य खाडी मुलुकका लागि संवाददाता माग गरेको हो।

      एपी वान टेलिभिजनको सञ्चालन अन्नपूर्ण राष्ट्रिय दैनिक र रेडियो अन्नपूर्ण नेपालकै सञ्चालकले गर्न लागेका हुन्।


       


      कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
      • Blogger Comments
      • Facebook Comments
      Item Reviewed: एपी वान टिभीले माग्यो १ सय ३६ टेलिभिजनकर्मी Rating: 5 Reviewed By: Mero samay