 |
१९) काठमाडौं, नेपाल
|
११ चैत, काठमाण्डौ ।
नेपालको राजधानी काठमाण्डौ विश्वका उत्कृष्ट पर्यटकीय गन्तव्यहरुको सूचीमा परेको छ । प्रख्यात ट्राभल अनलाइन ट्रिप एडभाइजरले मंगलबार सार्वजनिक गरेको विश्वका २५ उत्कृष्ट गन्तव्यमा काठमाडौं १९ औं नम्बरमा परेको हो ।
विश्वभर भ्रमण गरेका पर्यटकहरुको समिक्षाका आधारमा ट्रिप एडभाइजरले उत्कृष्ट गन्तव्यहरु सार्वजनिक गर्दछ । विश्वका लाखौं पर्यटकले काठमाडौंलाई उत्कृष्ट गन्तव्यका रुपमा औंल्याउँदै भ्रमणका लागि सिफारिस समेत गरेका छन् ।
ऐतिहासिक, धार्मिक, सांस्कृति लगायत विभिन्न पक्षबाट अग्रस्थानमा रहेको काठमाडौंले पर्यटकको मन जित्न सफल भएको छ ।
गत शुक्रबार प्यासिफिक एशिया ट्राभल एशोसियसन ९पाटा० नेपाल च्याप्टरको कार्यक्रममा अर्थमन्त्री डा। रामशरण महतले काठमाडौं दक्षिण एशियाको पर्यटकीय राजधानी भएको दाबी गर्दै थिए । ट्रिप एडभाइजरको सूचीले काठमाडौं दक्षिण एशियाको मात्र नभई विश्वकै पर्यटकीय केन्द्र भएको पुष्टी गरेको छ ।
पर्यटकले काठमाडौंलाई एतिहासिक स्थलहरु, पुराना मठ, मन्दिर, कला संस्कृतिले भरिपूर्ण चारैतिर अग्ला डाँडाले घेरिएको सुन्दर उपत्यकाका रुपमा चित्रण गरेका छन् ।
काठमाडौं सांस्कृतिक रुपमा पनि विश्वकै धनी शहर हो । साथै, काठमाडौंलाई मन्दिरै मन्दिर भएको शहरका रुपमा पनि चिनिन्छ ।
ट्रिप एडभाइजरले विश्वसम्पदा सूचीमा परेका ठाउँहरुको अवलोकन, स्थानिय बजारमा पैदल यात्रा तथा नजिकका डाँडाबाट सूर्योदय र सूर्यास्त हेर्न पाउनु यहाँको विशेषताका रुपमा उल्लेख गरेको छ ।
काठमाडौंको स्वयम्भूनाथ, पशुपति, बौद्धनाथ, पाटन दरबार, भक्तपुर दरबार, बसन्तपुर लगायतका वर्ल्ड हेरिटेज साइटमा पदयात्रा निकै रोमाञ्चक हुने बताइएको छ ।
यहाँको हस्तकला तथा मुर्तिकलाको बारेमा पनि ट्रिप एडभाइजरले बयान गरेको छ । यहाँको हस्तकला विश्वमै सबैभन्दा उत्कृष्ट मानिन्छ । काठमाडौंको मौसम समेत पर्यटकमैत्री रहेको छ । न चिसो, न तातो यहाँको जस्तो मौसम विश्वका विरलै शहरमा पाइएला ।
काठमाडौं आसपासको क्षेत्रमा ट्रेकिङ, साइट सिन, क्यानोनिङ, रक क्लाइम्बिङ, माउन्टेन फ्लाइट, प्याराग्लाइडिङ लगायतका गतिविधिमा रमाउन पाइने ट्रिप एडभाइजरले आफ्नो साइटमा उल्लेख गरेको छ ।
यी हुन् उत्कृष्ट गन्तव्य
पर्यटकको पहिलो रोजाइमा मोराक्कोको मराकेच शहर पर्न सफल भएको छ । त्यस्तै २५औं उत्कृष्ट गन्तव्यमा अष्ट्रेलियाको राजधानी सिड्नी परेको छ । एशियाका उत्कृष्ट गन्तव्यका रुपमा चिनिएको थाइल्यान्ड १८ नम्बरमा र हङकङ २३ नम्बरमा परेको छ ।
 |
१) मराकेच, मोरक्को
 | २) सिम रिप, कम्बोडिया
 | ३) इस्तानबुल, टर्की
|
|
|
 |
४) हानोइ, भियतनाम
|
 |
५) पाराग्वे, चेक रिपब्लिक
|
.jpg) |
६) लन्डन, युनाइटेड किङडम |
 |
७) रोम, इटाली
|
 |
८) ब्युनोस एरिज, अर्जेन्टिना
 | ९) पेरिस, फ्रान्स
|
 | १०) केप टाउन सेन्ट्रल, साउथ अफ्रिका
 | ११) न्यूयोर्क सिटी, अमेरिका
|
|
|
 |
१२) जरमाट, स्वीट्जरल्यान्ड | १३) बार्सिलोना, स्पेन
|
 | १४) गोरेमे, टर्की
 | १५) युबुद, इन्डोनेसिया
 | १६) कोस्को, पेरु
|
|
|
|
 | १७) सेन्ट पिटर्सवर्ग, रसिया | १८) बैंकक, थाइल्यान्ड | १९) काठमाडौं, नेपाल
|
|
|
 |
२०) एथेन्स, ग्रिस |
 |
२१) बुडापेष्ट, हङ्गेरी |
 |
२२) क्वीन्स टाउन, न्यूजिल्यान्ड
|
 |
२३) हङकङ, चीन
|
 |
२४) दुबई, यूनाइटेड अरब इमिरेट्स |
 |
२५ सिड्नी, अष्ट्रेलिया |
तस्वीर सौजन्य : ट्रिप एडभाइजरकृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.