पाण्डेलाई काठमाडौंको बाँसबारीस्थित शहिद गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको छ । तीन दशक पुरानो मुद्दामा उनी मंगलबार साँझ पाण्डे पक्राउ परेका थिए ।
बुधबार पाण्डेलार्इ अदालतमा पेश गर्ने तयारी थियो । बिहान पाण्डेले आफूलाई मुटुमा असजिलो भएको बताएपछि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो ९सीआईबी०ले अस्पताल लगेको छ ।
पाण्डेलाई मंगलबार साँझ सीआईबीले उनकै निवास बालुवाटारबाट नियन्त्रणमा लिएको थियो । मंगलबार साँझ परिसकेकाले अदालत पेश गरिएको थिएन ।
पक्राउ अघि सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले पाण्डेको निवेदनमा अन्तरिम आदेश जारी गर्नुपर्ने कारण नभएको फैसला सुनाएको थियो । वि।सं। ०३८ सालमा तत्कालीन काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन लिमिटेडमा रहँदा भ्रष्टाचार गरेको भन्दै पुनरावेदन अदालतले पाण्डेलाई जेल सजायँ सुनाएको थियो । तर, दरबारको हुकुम प्रमाङ्गीमा उनी सजायँ मुक्त भएका थिए ।पाण्डे उद्योग वाणिज्य महासंघको अध्यक्ष भएपछि १ वर्ष ९ महिना २७ दिन कैद भुक्तान गर्न बाँकी रहेको भन्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा गरिएको थियो । जसमा जिल्ला अदालतले फैसला कार्यान्वयन गर्न आदेश दिएको थियो ।
पाण्डे गत चैत २८ गते नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा निर्वाचित भएका हुन् ।