पर्सा,४ जेष्ठ
महिलाका लागी सुरक्षित शहर अभियान लिएर वीरगन्जमा सोमबारदेखि स्थलगत सर्वेक्षण शुरु हुने भएको छ ।
एक्शन एडको सहयोगमा दिव्य यूवा क्लबले सञ्चालन गर्न थालेको पाँच दिने अभियानका क्रममा सार्वजनिक स्थल, सार्वजनिक यातायात तथा बाटोमा हिंडडुल गर्ने क्रममा महिलाविरुद्ध हुने दुव्र्यवहार र हिंसाबारे सर्वेक्षण गरिनेछ । सर्वेक्षणका क्रममा प्राप्त तथ्यहरुलाई प्रहरी, जिल्ला विकास समिती, नगरपालिका, विभिन्न संघ संस्थालगायत सरोकारवालासँग छलफल गरेर भावी कार्य योजना तयार पारिने दिव्य यूवा क्लबकी श्रीला सरकारले जानकारी दिइन् । तीनवटा समूहमा सात सात जनाको संख्यामा रहने टोलीले घण्टाघर र पानीटंकी, बसपार्क र भिस्वा तथा प्रतिमा चोक लक्ष्मणवामा सर्वेक्षण गर्ने कार्यक्रम रहेको छ । सर्वेक्षण अभियानमा सामाजिक स्वयम्सेवक, महिला प्रहरी, पत्रकारको सहभागीता रहने दिव्य यूवा क्लबले जनाएको छ । ..... साभार यात्रा डेली ।।