आमा त सबैको एउटै हुन्छिन
|
फेसबुकमा अचम्म( अचम्मका कथाहरु पढ्न पाईन्छ। हेर्नुस् त११ म बसबाट ओर्लेपछी थाहा भयो कि मेरो पकेट काटिएको रहेछ । पकेटमा मैले आमालाई लेखेको चिट्ठी र ५०० रुपैया थियो । चिट्ठीमा मैले लेखेको थिएँ( ुआमा मेरो नोकरी छुट्यो अब केहि दिन तपाईंलाई पैसा पठाउन सक्दिनँ । यही ५०० ले काम चलाउदै गर्नु होला । नपुगेमा सापटी गरेर चलाउनु होला ।ु आमालाई अर्को चिट्ठी पठाउन सकेको थिइनँ । मेरो ५०० रुपैया गई सकेको थियो । हुन त ५०० रुपैया ठुलो कुरो त होइन तर जगिर छुटेको मान्छेलाई त्यो ५०० पनि ५००० भन्दा कम हुँदैन । केहि दिन पछी मैले आमाको चिट्ठी पाएँ । चिट्ठी खोल्नु भन्दा पहिला मैले सोचेँ( पक्कै पनि पैसा पठाउन भनेर लेख्नु भयो होला। तर चिट्ठी पढ्दा म दङ्ग परेँ । चिट्ठीमा लेखेको थियो( ुछोरा तैले पठाएको १००० रुपैयाँ मेरो हात पर्यो । तैले मेरो कती धेरै ख्याल राख्छस है ।ु मेरो मनमा खुल्दुली हुन थाल्यो । आखिर कस्ले पठायो होला आमालाई पैसारु केहि दिन पछी मलाई अर्को चिट्ठी हात पर्यो जसमा लेखेको थियो( ुतिम्रो ५०० र मेरो ५०० रुपैयाँ गरेर १००० रुपैया तिम्रो आमालाई पठाएको छु । चिन्ता नगर । आमा त सबैको एउटै हुन्छिन नि होईन ररु आमा भोकै बसेको कस्ले हेर्न सक्छ र१ उही तिम्रो, पकेटमार ..... Copy .... पत्रकार Suraj Khanal को फोसबुक प्रोपाईलवाट |
कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you