बैशाख १ धोरे (पर्सा) —
जियालाल साह
सुख्खा मौसममा पश्चिमको तातो हावाहुरी चल्दा गतवर्ष आजैको दिन आगलागिले पर्साको धोरेमा ८८ घरगोठ जलेर सखाप भएको थियो ।
२०७० बैशाख १ गते ६८ बर्षिय रामानन्द सहनीको घरवाट सुरु भएको आगोले गाउका ८८ घरगोठ सखाप भएको थियो । सहनीका ससाना नाति–नातिनाले खेल्दाखेल्दै सलाई कोरेपछि फैलिएको आगोले क्षण भरमै वडा नं २,७ र ९ को दलित बस्ती सखाप बनाएको थियो । आगलागीबाट ५ करोड रुपैया बराबरको धनमालको क्षती भएको थियो । आज एकवर्षपछीको फलोअपमा सहनीले त्यो दिन सम्झदा अहिले पनि डरले काम्छु, उनले भने जीवनमै मैले त्यस्तो भिषण आगलगीको घटना नदेखेको नःत भोगेको थिए । घटना समझदै उनले भने अहिले पनि कुनै गाउमा आगो लागेको सुनेपछि मेरो मनमा अज्ञात डरले बास गर्न थाल्छ ।’ १ बर्ष अघिको उक्त त्रासदीपूर्ण घटना सम्झन पनि चाहदैनन् सहनी ।
पर्सा जिल्लाकै ठुलो आगलागी भएकाले समाजवाट सहयोग पाईयो साथै अब अग्नी पिडित परीवार बिस्तारै सम्हालिने कोशिस गरिरहेको अर्का स्थानीय ज्ञानचन्द्र रामले बताए । उनलेभने आगलागीले उठीबास भएपनि जीवन त चल्नै प¥यो,’ ‘जीवन रुपी गाडीको पांग्रा बिस्तारै सडकमा गुडाउने कोशिस चल्दै छ हाम्रो ।’ अर्का अग्नीपिडित हरिन्द्र राम, रामानन्द मात्र होइन गाउका सबै अग्नि पिडित परीवार तथा अन्य समेत आगलागी हुने भयले सर्तक रहेको बताउछन् । ‘हाम्रो भाग्यमा जस्तो दुःख र पिडा भोग्न लेखेको थियो त्यो त हामीले भोगीनै सक्यौं,’ हरिन्द्रले भने‘तर भविष्यमा फेरी त्यसो त्रासदीपूर्ण घटना नदाहोरिन दिनका लागि हामी अत्यन्त सचेत छौ ।’
आगलागिले उठिबास भएको धोरेबासीको पुर्नबासका लागि ह्याविट्याट,हेल्भेटास,वीरगंंज उद्योग वाणिज्य सघ जस्ता संघ संस्थाको लगानीमा सबै पिडित परिवारका लागि घर बनाइएको छ । जस्ता छानाले छाएको, बास र खरले ठड्याएको घर प्रत्येक अग्नि पिडित परिवारका लागि बनाइएको छ । सबै घरमा दुई दुई वटा कोठा छन् । टिकाउ र बलियो बनाउन ह्याविटाटका प्राविधिकले आफै जस्ता छाउने र घरमा प्रयोग भएका बांसमा बिभिन्न रसायन हालेर प्रशोधित गरेका थिए । अग्नी पिडितको घर बनाउन ह्याविटाट र हेल्भेटासले आर्थिक तथा प्राविधिक लगानी समेत गरेको थियो भने वीरगंज उद्योग वाणिज्य संघको पहलमा संकलित १० लाख रुपैया बढि राहत समेत लगानी गरिएको थियो ।
एकवर्ष पहिला भएको घटनावाट उनि धेरैकुरा सिकेको बताउछन् । अब केटाकेटीको भन्दा ठूला मानिसकै असावधानीले यसरी आगो लागेका निष्कर्श निकाल्दै आफ्नै छरछिमेकमा उनले सुख्खा मौसममा सलाई केटाकेटिको पहुच भन्दा टाढा राख्न लगाएको बताए । उनले भने जे हुन थियो भई गयो,मेरो निधारमा कहिल्यै नमेटिने कलंकको टिका लाग्यो, अहिले पनि गाउमाा शिर ठड्याएर म हिडन् नसकेको बताए । तराईका ग्रामिण बस्तीमा अधिकांश आगलागीका घटना कि बालबालिकाले आगो खेल्दा, कि लामखुट्टे धपाउन बाल्ने घुर नत्र आगो जोगाएर चुलोमा राख्नु कारण हुने भएकाले अब सबै यस तर्फ सचेत हुन आवश्यक रहेको रामानन्द बताउछन् ।
कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you