संविधान सभा निर्वाचनका लागी भारत सरकारले सहयोग स्वरुप उपलब्ध गराएका नयाँ गाडी मंगलबार वीरगन्ज भन्सार नाका हुँदै भित्रिएका छन् । भारत सरकारले कूल ८ सय ४७ वटा गाडी उपलब्ध गराउने प्रतिबद्धता जनाएकोमा पहिलो चरणमा नेपाली सेनाका १ सय ९८ वटा गाडी साँझ वीरगन्ज छिरेको हो ।